संविधान दिवस भव्यतापूर्वक मनाइने निर्णय

संतोष रन्जितकार
वीरगंज ।पर्सामा २०७६ को संविधान दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाइने निर्णय गरिएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा बाजागाजा सहित ¥याली निकालिने जस्ता विभिन्न कार्यक्रमहरु गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
जिल्ला समन्वय समिती पर्साका उपप्रमुख ठाकुर न्यौपानेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आश्विन २ गते सम्पुर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुको कार्यालय सरसफाई गर्ने, पर्साका निजी, सामुदायिक तथा सरकारी बिधालयहरुमा २ गते र ४ गते विविघ कार्यक्रम गर्ने, असोज ३ गते बिभिन्न ठाउँबाट बाजागाजा र बैनर तथा जुलुसका सहित ¥याली निकालिने र नेपाल रेडक्रस सोसाईटीले आश्विन ४ गते बृहत रक्तदान गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले बताए । बैठकमा बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपाका प्रभु हाजरा पासवान, समाजवादी पार्टीका रामनरेश यादव, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मियाँ, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का लगायत बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here