चाडपर्वमा प्रधानमन्त्री कार्यालयले विशेष अनुमगन गरिरहेको हुन्छ : प्रवक्ता यामलाल भुषाल

काठमाडौ । चाडपर्व नजिकिँदै छ, सरकारका अनगुमनका निकायमहरुले के कसरी काम गरिरहेका छन् भन्ने सन्दर्भमा आम चासो बढेको छ । यसै सन्दर्भलाई ध्यान दिँदै नजिकिँदै आएको दशैं तिहार र छठ पर्व जस्ता चाडमा आम उपभोक्ताहरुलाई सरकारी तर्फबाट के कस्ता राहतका कार्यक्रम ल्याएको छ यिनै विषयमा ध्यान दिने उदेश्यले तराई विकास तथा सञ्चार केन्द्र नेपालको हलमा ‘नजिकिँदै गरेको चाडपर्व र बजार अनुगमनको अवस्था’ विषयक कार्यक्रमको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमनको प्रक्रिया निरन्तर रुपमा चलिरहने प्रक्रिया भएको बताउँदै चाडपर्वको बेला सबै क्षेत्रमा चाप बढ्ने भएको हुनाले विशेष रुपले अनुगमन गर्नुपरेको बताए । प्रमुख जिल्ला अधिकारी दाहालले भने अनुगमन सुक्ष्म रुपले हुन्छ, हुल बाँधेर जाने शैलीको अनुगमन प्रभावकारी नभएकाले आफ्नै आफ्नै शैलीमा भोली देखि नै एक्सनमा उत्रिन सबै सरोकारवाला निकायलाई आग्रह गरे । उहाँले भन्नुभयो चाडपर्व ढुक्क भएर मनाउने तयारी गरे हुन्छ ।


वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेद्र कुमार गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । महानिर्देशक गौचनले चालु आर्थिक वर्षमा मात्र एक हजार फर्ममा अनुगमन गरेका बताउँदै त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएको जसमध्ये १६० फर्मलाई जरिवाना समेत गराएको दाबी बताए । उनले भने चाडपर्वको मौका छोपेर कुनै कालाबजारी गरे कडा कारबाही हुन्छ, कुनै पनि बहानाबाजी चल्दैन ।


विभागले अनुगमन गर्दा व्यवसाय चौपट बनाउन लागेको भन्दै व्यवसायीहरुले आफूहरुलाई थर्काउने काम भएको उनको गुनासो थियो । यसको उदाहरण दिँदै विभागले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा अनुगमन गर्दा हुलदंगादेखि आफूहरुमाथि अपशब्द प्रयोग भएको सुनाए । तर, पछि थप सुरक्षाकर्मी बोलाएर आफूहरुले अनुगमनको बाँकी काम पूरा गरेको सुनाए ।
चाडपर्वलाई लक्षित गरि अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको सुनाए । उनले सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दरमा उपलब्ध गराएको उहाँको दाबी छ । चीनीको मूल्यको सन्दर्भ उल्लेख गर्दै साल्ट टेडिङ्ग कर्पोरेशनको चीनीका मूल्यका कारण बजार नियन्त्रणमा रहेको सन्दर्भ समेत महानिर्देशकले औल्याउनुभयो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता यामलाल भुसालले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै बजार व्यवस्थापन विषयमा प्रधानमन्त्री कार्यालयको ध्यान केन्द्रित भएको बताए । प्रधानमन्त्री कार्यालयले विभिन्न पक्षहरुसँग समन्वय तथा सहकार्य गरेर राज्यका सरोकारवाला सबै निकायहरु संलग्न हुन आग्रह गर्नुभयो । चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन, यातायात क्षेत्रलाई सरल र सुरक्षित बनाउने दायित्व राज्यको भएकोले सञ्चारमाध्यमले पनि यस क्षेत्रलाई सुसूचित बनाउन सहयोग गर्नुपर्ने तर्क गर्नुभयो । राज्यको सम्पूर्ण निकायहरु उपभोक्ताको हित प्रवद्र्धनमा निरन्तर रुपमा लागिरहेको बताउँदै चाडवाडको लागि सरकारका संयन्त्रहरु थप सक्रिय भएको धारणा राख्नुभयो । प्रवक्ता भुसालले प्रधामन्त्री कार्यालयको उच्चस्तरीय अनुगमन समितिले आफ्नै ढँगले अनुगमनका कार्य सञ्चालन गरिरहेको र चाडपर्वमा बेला अनुगमनको कार्यमा थप तीव्रता दिइरहेकोले चाडपर्वमा व्यवस्थित हुनेमा आम सर्वसाधारणलाई विश्वस्त रहन आग्रह गर्नुभयो । प्रवक्ता भुसालले भन्नुभयो साल्ट टेडिङ्ग कर्पोरेशनले सुपथ मूल्यको पसल सञ्चालन गरेको सन्दर्भ उल्लेख गर्दै सुपथ मूल्य पसल र घुम्ती सेवाले जनस्तर प्रभावकारी बताउनुभयो ।
उपत्यका प्रहरी प्रमुख (डिआइजी) शैलेश थापाले चाडपर्वको बेला अपराधका घटनाहरु पनि बढ्न सक्ने हुनाले यसतर्फ नेपाल प्रहरी सचेत रहेको बताउँदै दशैंमा घर जाने यात्रुहरुलाई शकुशल गन्तव्यसम्म पु¥याउन सुरक्षा निकायले खेल्नुपर्ने भूमिकामा आफूँहरु सचेत भएको बताए । उपत्यका प्रहरी प्रमुख थापाले चाडपर्वको बेला आम नागरिकलाई सहज र सरल ढँगले जीवन बनाउन आयोजित कार्यक्रम महत्वपूर्ण भएको बताए । उनले भने चाडपर्वमा विशेष सुरक्षा हुन्छ ढुक्क हुनुहोस् ।


त्यसैगरी कार्यक्रममा साल्ट टेडिङ्ग कर्पोरेशनका नायव महाप्रबन्धक कुमार राजभण्डारीले जनताको माग र गुणस्तरलाई ध्यान दिँदै साल्ट टेडिङ्ग कर्पोेरेशनले आफ्ना कामहरु गर्दै आइरहेको बताए । महाप्रबन्धक राजभण्डारीले सुपथ मूल्य पसल, घुम्ती सेवाले उपभोक्ताहरु लाभान्वित भएको जनाए । माग भई आएका कतिपय जिल्लाहरुमा कर्पोरेशनले सुलभ मूल्यको घुम्ती सेवा जिल्ला जिल्लामा समेत पु¥याएको बताए ।


त्यसैगरी कार्यक्रममा उपभोक्तावादी नेता माधव तिमिल्सिना र रञ्जनालले बजारको मूल्य अनियन्त्रित भएको र कालाबजारीहरु चाडपर्वका बेला सल्बलाईरहेकाले सरकार नै नभएको आम सर्वसाधारणले अनुभूति गरेको टिप्पणी गरे ।


कार्यक्रमका सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले नजिकिरहेको चाडपर्वमा आफ्नो रकम खर्च गरेर सहज ढँगले गुणस्तरीय सामाग्री खरिद गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि सरोकारवाला निकायहरुलाई आग्रह गरे । परिवर्तित यस सरकारले यसपालिको चाडपर्वमा परिवर्तित सहजताको अनुभूति गर्न पाउन् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here