चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा बीच सम्झौता हस्ताक्षर

काठमाडौं, असोज ७ । चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा जारी सम्मेलनमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आज दुई पार्टीको बिदेश बिभागबीच संझौतापत्रमा हस्ताक्षर भएको हो । अध्यक्षद्धयको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौं आएको थियो । चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको हो । चिनियाँ टोली र नेकपाबीच सोमबार ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रमको उद्घाटन भएको थियो ।

उक्त कार्यक्रम आज पनि जारी रहेको छ । सोही अवसरमा समृद्धिको सपना पूरा गर्न चीन र नेपालका सत्तारुढ कम्युनिस्ट पार्टीबीच सहयोग आदान प्रदानबारे संझौता भएको हो ।

समझदारी पत्रमा रहेका ६ बुँदा यस्ता छन्–

१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३. पार्टी(पार्टी अनुभव आधारित सहयोग आदानप्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here