सामुदायिक विकास कार्यक्रमले गरेको काम गुणस्तरिय तथा प्रभावकारी

गौर,असोज ८गते ।जिल्ला समन्वय समितिका प्रमुख एवं संयुक्त अनुगमन समितिका संयोजक राम एकवाल राय यादवले सामुदायिक विकास कार्यक्रमले निर्माण गरेको भौतिक संरचना ठोस मजबुत तथा प्रभावकारी रहेको बताउनुभएको छ ।
नेपाल ग्रामिण पूर्ननिर्माण संस्थाद्धारा नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको बौद्धीमाई नपाको विभन्न वडामा निर्माणधिन भवनहरुको अनुगमन गर्दै उहा“ले उक्त कुरा बताउनुभयो ।


प्रमुख यादवले विकास काम प्रभावकारी तथा फलदायी रहेको भन्दै सामुदायिक विकास कार्यक्रमले गरेको जिल्लामा प्रशंसनिय कार्यको सबैले अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख राम अशिष राय यादवले निर्माण कार्य गुणूतरिय रहेको बताउनुभयो ।उहा“ले काम स्टिमेट अनुसार तथा पारदर्शी ढंगले भएकोले संस्थाको प्रसंशा समेत गर्नुभयो ।


उपप्रमुख यादवले संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरि भवन निर्माण कार्य लगायत नारी सचेतनाको काम प्रंसनिय रहेको बताउनुभयो ।उहा“ले निर्माण कार्य उपयोगी तथा प्रभावकारी रहेको प्रतिक्रिया दिनुभयो ।


बौद्धीमाइ नपाका नि.प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र चन्द्रवंशीले बाढी तथा डुबानले अस्तव्यस्त अवस्थामा रहेको तथा भौतिक संरचना ध्वस्त हुनाले सिडिपिले भवन निर्माण गरेको प्रति धन्यवाद दिनुभयो ।उहा“ले गैरसरकारी संस्थाहरुस“ग सहयोगको लागि आहवान गर्दै सहज वातावरणमा काम गर्ने वातावरण बनाउन नपा तैयार रहेको समेत बताउनुभयो ।


सामुदायिक विकास कार्यक्रमका रौतहट संयोजक लिल बहादुर कार्कीले दोश्रो चरणको कार्यक्रम अन्तर्गत स्थानिय निकायमा पूर्वाधार निर्माण ,आयअर्जनमुलक कार्यक्रम संचालन गरिएको बताउनुभयो ।उहा“ले स्थानिय सरकारसंग समन्वय गरी आवश्कता अनुसार ,विद्यालय भवन ,वडा कार्यालय ,स्वास्थ्य संस्था ,कजवे निर्माण लगायतका ३५वटा योजना संचालन गरिएको संयोजक कार्कीले बताउनुभयो ।

टोलीले बौद्धीमाइ नपा ३ मटिअर्वामा स्वास्थ्य चौकी भवन निर्माण ,वडा नं.२इनर्वामा आधारभुत प्राथमिक विद्यालय भवन निर्माण ,वडा नं.७मा वडा कार्यालय भवन निर्माण तथा वडा नं.२स्थित शिव नारी सचेतना केन्द्रको टोलीले स्थलगत अनुगमनसंगै कार्यप्रगतिको बारेमा जानकारी लिएका थिए ।


संयुक्त अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख यादव ,उपप्रमुख यादव ,योजना अधिकृत इश्वर चन्द्र मmा ,जिल्ला प्रसाशन कार्यालयका सुब्बा साह ,इम्याक्ट नेपालका हरेश्याम मmा ,युएनफपिएका भवनाथ मmा ,नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र प्रसाद साह लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here