समाजमा व्याप्त कुप्रथाको नकारात्मक प्रभाव

— जयकृष्ण यादव (सहयोगी)

नेपाली समाजमा विभिन्न प्रकारका हानिकारक अभ्यास, प्रथा र संस्कारका कारणले असर पारेको छ । कुनै कालखण्डमा समाजमा रहेको तत्कालीन आवश्यकता पुरा गर्नका लागि अपनाइएको रीतिरिवाज, कला संस्कृति र संस्कारहरूलाई परिवर्तित समाजमा पनि निरन्तरता दिँदा हानिकारक रूपमा परिणत भएको छ । विगतमा अर्थात एक शताब्दी अगाडिसम्मको अवस्थामा बाल विवाह पुण्यको रूपमा लिइन्थ्यो, बहुविवाहलाई महान पुरूषको रूपमा वा बलियो पुरूषको रूपमा हेरिन्थ्यो, दाईजोलाई उपहार र सम्पतीको शक्ति प्रदर्शनको रूपमा लिइन्थ्यो, भोज भतेरलाई प्रतिष्ठासँंग जोडेर हेरिन्थ्यो, महिलाको महान्ता र सतित्वसंग सति प्रथालाई लिइन्थ्यो, अभिभावकले केटा वा केटी खोजेर विवाह गर्ने चलन, बालबालिका अवस्थामा उनीहरूले नबुझ्ने नजन्ने भएकाले गरिन्थ्यो, विवाहको धेरैदिनसम्म माईतमा बस्ने गरेको कारण थियो बालापन, महिनाबारी अगाडि नै विभिन्न रोग वा प्रकोप र महामारीले बुवाआमाको मृत्यु हुने भएकाले छोरीहरूको विवाह गर्ने गरिन्थ्यो तर अहिले आएर यो अवस्था समाजमा भएको विकास र परिवर्तनले निकै फड्को मारिसकेको छ । तर पनि हाम्रो समाजमा त्यही कुरालाई अगिंकार गरिदा यो कुसंस्कार अभ्यास, प्रथा र संस्कारको रूपमा परिणत भएको हो । पहिला शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, विद्युत , संचार लगायतका विकासका पूर्वाधारको अभाव रहेको समाजमा जे पनि चल्थ्यो जे पनि पच्थ्यो तर अहिलेको समय र परिस्थिति त्यस्तो छैन् । हामीले विगतको जस्तो समाजमा रहेको क्रियाकलापहरूलाई त्यसबेलाको साँच्चै आवश्यकता मान्नुपर्छ र संस्कार पनि तर अहिलेको अवस्थामा त्यसैलाई पूर्ण रूपमा अक्षरशः पालाना गर्नुपर्छ भन्ने छैन् । सबै कुरा फेरी नराम्रो थियो भन्ने पनि छैन, यसमा समाजको आवश्यकता र समयको मागलाई हेरेर थेरै कुराहरूले हामीलाई नै असर परेको छ भन्ने बुझ्न जरूरी छ ।
कुनै बेला यस्तो थियो कि दैवी शक्तिले काम गरिन्थ्यो र हुन्थ्यो पनि तर कहिले आएर वैज्ञानिक आविस्कार भएका सामग्री वा वस्तु तथा सिद्धान्तले काम गर्न थालेको छ । यो अवस्थाले पनि हाम्रो समाजमा रहेको केही घटना क्रम वा प्रवृतिले के संकेत गर्छ भने हानिकारक अभ्यासलाई त्याग्नु जरूरी छ ।
हाम्रो पूर्खाका कारण वा विगतको कालखण्डमा तत्कालीन अवस्था, आवश्यकता र चाहना पुरा गर्नका लागि बालविवाह, बहुविवाह, दाइजो, छुवाछुत, जातीय विभेद, उपहार (सन्देश) बारेमा रीतिरिवाज, मौलिक कला संस्कृति र संस्कारहरूलाई अपनाइएको थियो । तर परिवर्तित समाजमा पनि त्यसैलाई केही समुदाय वा वर्गले निरन्तरा दिँदा हानिकारक रूपमा परिणत भएको देखिन्छ ।
समाजमा विगतको संस्कारहरू अहिले आएर कुसंस्कार र हानिकारण रूपमा आएको कुरा ऐना जस्तो, सामाजिक परिवर्तनको बाधक जस्तो, भोलिका कर्णधारलाई नराम्रो असर पार्ने , वौद्धिक स्तर न्यून रहेको जस्तो संन्देश दिने गरी हानिकारक अभ्यास रहेको पाइएको छ । समाजमा विगतमा अर्थात एक शताब्दी अगाडीसम्मको अवस्थामा बाल विवाह आवश्यकता थियोे । हाम्रो समाजमा छोराछोरीको विवाह कम उमेरमा गरेर नानीहरू हुर्काउन सहजता, विवाह गरेपछि स्वर्गमा बास, राम्रो केटा वा केटी पाउने आश रहेकाले र सानै उमेरमा विवाह गर्दा पूण्य पाउने आशको रूपमा लिइन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । समाजमा छोराछोरीहरूले पढ्न पाएका छन्, समाजमा शिक्षा, स्वास्थ्यले व्यापकता पाएको जसले गर्ने महामारीको अवस्था छैन, सानै उमेरमा मर्ने संख्य न्यून छ । विगतमा बाल विवाह रहर नभई बाध्यता थियो तर अहिले आएर केही समुदायले रहरको रूपमा बाल विवाहलाई लिएका छन् । बालविवाहका कारणले केहीले आत्महत्या त केही घरनिकाला, केही घरेलु हिंसाको शिकार, केही रोगको शिकार, केहीको आकालमा ज्यान गएको अवस्था छ । नेपाल सरकारले अहिले बालविवाह पूर्णत कानुनी रूपमा अपराध मानेको छ । विवाहका लागि २० वर्ष उमेर तोकेको छ ।
विगतमा बहुविवाहलाई बलियो पुरूषको रूपमा हेरिन्थ्यो अहिले पनि त्यसको निरन्तरताले नाकारत्मक असर भएको । समाज गतिशील र परिवर्तनशील छ त्यसमा पनि समाजमा पारिवारिक कलह, प्रलोभन, यौन क्रिडा, शक्तिको प्रर्दशन, नक्कली प्रेमजाल लगायतका कारणले बहुविवाह बढेको छ । यो समाजका लागि अर्को हानिकारक अभ्यास हो ।
धेरैले विवाहलाई उत्सवको रूपमा लिइन्छ । यसलाई लिनु पनि पर्छ किनभने विवाह मानिसको जीवनमा बैधानिक विवाह एक पटक नै हुन्छ अपवादमा बाहेक । त्यसैले विवाहमा केटापक्षलाई केटी पक्षकाले दिने गरगहना, नगद, जिन्सी सहितका विभिन्न उपहार र सम्पती दिने गरेको पाइन्छ । दिन र लिनका लागि कोही कसैले हस्तक्षेप र मागेर दवाव दिएर, करकापमा पारेर दिन्छ भने त्यो दाइजो कुप्रथाको रूपमा जान्छ । होइन भने शक्ति अनुसारको बिना मागेर दिइने सामग्रीलाई संस्कार वा प्रथाको रूपमा मान्न सकिन्छ । विगतमा शक्ति प्रदर्शनको रूपमा लिइन्थ्यो त्यसलाई अहिले पनि निरन्तरता दिनुलाई कुसंस्कारको रूपमा मानिन्छ ।
तराई मधेशमा प्रायः समुदायमा भोजभतेर गर्ने प्रथा अझै जारी छ । मधेशमा बच्चा जन्मेको छैठौ दिन छठिहार भोज, १२ दिनमा बरही भोज, विवाहमा विवाहको गाउँले भोज, मृत्यु संस्कारमा चौथो दिन खिरको भोज, सातौं दिन भात दाल तरकारीको भोज, १० दिन नहकेसको भोज र ११ दिनमा श्राद्धको भोज अनिवार्य गर्ने प्रथा छ । यो विगतमा केही भोकाहरूलाई भोज खुवाएपछि मृतकको स्वर्गमा बास हुने मान्यता थियो । तर त्यो वैज्ञानिक रूपमा कुनै पुष्टि भएको वा आध्यामिक रूपमा यथेस्ट प्रमाण फेला गरेको छैन । तर त्यसैलाई धेरैले प्रतिष्ठासंँग जोडेर हेरिन थालेको छ, यो संस्कारको रूपमा आएको छ आर्थिक रूपमा सम्पन्न भएकालाई समस्या नभए पनि आर्थिक विपन्नता भएकालाई ठूलो बोझको रूपमा भोज रहेको छ । यति हुँदा समेत भोज अनिर्वाय नै गर्नुपर्छ र गरिन्छ पनि । यो अनिवार्य नभए पनि छाड्न भने समाजले सकेको छैन ।
विगतमा बालबालिका भएकै अवस्थामा विवाह गर्ने भएकाले केटाकेटीहरूले नबुझ्ने नजान्ने भएकाले अभिभावकले खोजेर गरिन्थ्यो, तर अहिले समाजमा विकास र परिवर्तन भएपनि, केटाकेटीहरू आफ्नै खुट्टामा उभिन सकेको भए पनि अभिभावकको हस्तक्षेप जारी छ । जुन हानिकारक अभ्यास र प्रथा हो । जीवन व्यतित गर्ने केटाकेटीको विवाह जस्तो महान काममा केटाकेटीलाई उसको लागि खोजेको जीवन साथीलाई विवाह पूर्व हेर्न र कुरा गर्न समेत दिदैन् । यसलाई परिवर्तन गर्न जरूरी छ । किनभने यसैको कारणले धेरैको विवाह पछि मन नमिल्ने, पूर्व प्रमी वा पे्रमिकाको तनाव सहनुपर्ने, सरूरालीमा त्यो कुरा थाहा पाएको कारणबाट यातना र हिंसा खेप्नुपर्ने, केहिले सहन नसकेर विवाह पछि भागेर अर्कै केटी वा केटासंग जाने, केहीले समाजमा मुख देखाउने ठाउँ नभएको ठहर गरी आत्महत्या गर्ने, केहीलाई पनि हत्या नै गर्नेसम्मको काम भएकाले यसमा सुधारका लागि अभिभावकहरू गम्भीर बन्न जरूरी छ ।
विगतमा समुदायमा विभिन्न काम वा पेशा गर्ने समुदायको कारणले जातीय, धार्मिक र वर्गीय छुवाछुत थियो । त्यसको निरन्तता अहिले पछि छ तर अवस्था विगतको जस्तो छुवाछुत गर्ने र विभेद गर्ने खालको छैन् । पानीको अभावमा सिनो फाल्नेहरूले धेरैदिनसम्म ननुहाउने, सरसफाईमा ध्यान नदिने, सुगुर वा अन्य जनावर पालन गर्दा व्यवस्थित नफाल्ने लगायतको विविध कारण देखाइ विभेद र छुवाछुत गरिन्थ्यो । तर अहिले सबै कुरा फेरिएको छ । न सरसफाईमा कोही भन्दा कोही कम छ तर विगतको मानसिकताबाट कोही पनि पछि हट्न नचाहेकाले समस्या भएको हो । विगतको जस्तो अहिले समाजमा न विभिन्न रोग वा प्रकोप र महामारी नै छन न त सरसफाईको अभाव नै । त्यसैले यो अवस्था समाजमा भएको विकास र परिवर्तनले निकै फड्को मारिसकेको भएपनि हानिकारक अभ्यासलाई कम गर्न जरूरी छ । तर पनि हाम्रो समाजमा त्यही कुरालाई अगिंकार गरिदिदा यो कुसंस्कार वा हानिकारक अभ्यास, प्रथा र संस्कारको रूपमा परिणत भएको छ । (मधेश दर्पण फिचर सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here