साउदी अरेबियाले अविवाहित जोडीलाई होटलमा बस्‍न खुल्ला

साउदी अरेबियाका महिलाहरूले अब सेनामा भर्ना हुन पाउने भएका छन्। सञ्चारमाध्यम अलजजिराका अनुसार बुधबार साउदीले आफ्नो राज्यको आर्थिक सुधारका लागि महिलाहरूले पनि राज्यमा सेवा दिन सक्ने जानकारी दिएको हो। यो काम महिलाहरूको अधिकारको हितका निम्ति सुरू गरिएको पनि अलजजिराले लेखेको छ। महिलाहरूको अधिकारका लागि अर्को एक पाइला’ साउदीको परराष्ट्र मन्त्रालयको ट्वीटरमा लेख्दै जानकारी दिएको छ। तत्कालका लागि साउदीका महिलाहरूले पहिलो श्रेणीको सिपाही, अमल्दार र हुद्दीसम्म हुन पाउने छन्।साउदीमा गत वर्ष मात्रै महिलाहरूलाई सुरक्षा बलमा भर्ना हुन पाउने नियम लागू गरिएको थियो। अहिले साउदीका महिलाहरूले कुनै संरक्षक बिना विदेश भ्रमण गर्न र गाडी चलाउन पनि पाउँछन्। साउदी अरेबिया पेट्रोलियम पदार्थ निर्यात गर्ने संसारकै ठूलो मुलुक हो। उसको आर्थिक भार तेलबाहेक अरू क्षेत्रले पनि धानोस् भनेर पछिल्लो समय आफ्नो देशको छवि सुधारेर पर्यटक आकर्षण गर्ने नीति लिएको छ।यो पनि पढ्नुहोस : अविवाहित जोडीलाई होटलमा बस्‍न खुल्ला गरेपछि १० दिनमै भित्रिए २४ हजार पर्यटकपर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि १० दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ। साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा पर्यटक भिसा दिने नीति ल्याउन लागेको घोषणा गरेको थियो। साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको थियो।कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ। तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधीकरण गर्ने उपायस्वरुप पर्यटन प्रवद्र्धनलाई अघि सारेका छन्। साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको छ। विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटलसमक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो। ‘पर्यटकका लागि यो अबदेखि आवश्यक पर्ने छैन’, विज्ञप्तिमा भनिएको छ।साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानूनमा सुधार गरी पर्यटन प्रवद्र्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो। साउदी अरेबियाले विगतमा मुस्लिम तीर्थयात्री, विदेशी कामदार र खेलकूद वा सांस्कृतिक कार्यक्रमका दर्शकका लागि मात्र भिसा जारी गर्ने गरेको थियो। संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र धेरैजसो युरोपेली युनियनमा आबद्धसमेत ४९ मुलुकका नागरिकले अनलाइन ई-भिसा लिन वा आगमनकै क्षण भिसा लिन पाउने नयाँ नियम पनि सार्वजनिक गरिएको छ तर सेप्टेम्बर २८ मा गरिएको एक आदेशमा विदेशीले पोशाक लगाउँदा मुस्लिम शरिया कानून विपरीतका पोशाक वा वेशभुषा लगाउन नपाउने र लगाएको पाइए जरिवाना गर्ने नियम अघि सारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here