प्रदेश सरकारको योजना पारदर्शी नरहेको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवकोआरोप

बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश सरकारले सञ्चालन गरेको योजनामा भ्रष्टाचारको चलखेल भएको आरोप लगाएका छन् । बाराको महागढीमाई नगरपालिकाको बरियारपुर अवस्थित गढीमाई कलेजमा रहेको पञ्चवर्षीय मेला ब्यवस्थापन मूल समिति बरियापुरको कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । उनले महागढीमाइमा प्रदेश सरकारद्वारा सञ्चालित विभिन्न विकास योजना पारदर्शी नरहेको जनाएका हुन् । उनले गढीमाई परिसरमा निर्माण हुन लागेको विवाह मण्डपबारे स्थानीय सरकारलाई कुनै थाहा नभएको जनाए । स्थानीय सरकारको समन्वय वेगैर योजनाहरु सञ्चालन भएको आरोप उनको हो । उनले उपभोक्ता समितिमा आपूm निकटको पार्टीका कार्यकर्ताहरुलाई राखेको आरोप लगाएका हुन् । यसैगरी उनले नगरपालिकाको दक्षिणतर्पm जहाँ सिचाईमा समस्या छैन त्यहाँ बोरिङ्ग दिएको जनाउदै उपभोक्ता समितिमा पार्टी निकटका ब्यक्ति राख्न खोजेको आरोप लगाए । प्रदेश सरकारको योजना पारदर्शी नरहेको नगरपालिकासंग कुनै समन्वय नरहेको भन्दै भ्रष्टाचार भएको आशंका उनले प्रकट गरेका हुन्। आप्mनो पार्टीको कार्यकर्ता पोस्ने सोचमा मुख्यमन्त्री रहेको उनको आरोप हो । पत्रकार सम्मेलनमा महागढीमाई नगरपालिकाकी उपप्रमुख तारादेवी साह कानु, राजनीतिक सल्लाहकार भैयाराम यादव, मूल समितिका मोतिलाल कुशवाहा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here