ठूला देशले धेरै माया गर्‍यो भने खतरा हुन्छः माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट नेपाललाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकषिर्त भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताए । शनिबार राजधानीमा संचार केन्द्र नेपालले गरेको कार्यक्रममा नेता नेपालले ठूला राष्ट्रहरुको स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट नेपाललाई जोगाउनुपर्ने बतााए ।

नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय गर्नुपर्ने भन्दै उनले भने, ‘धेरै माया गर्यो भने खतरा हुन्छ किनकी सबैका आफ्ना आफ्ना हितहरु हुन्छन्, हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुनसक्छ ।’

उनले गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वलाई उद्देश्यमा स्पष्ट हुन आग्रह समेत गरेका छन् । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई ‘चिची पनि पापा पनि’को संज्ञा दिँदै उनले यो सम्भव नहुने बताए ।

उनले भने, ‘चिची पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा क्लियर हुनुहोस् ।’ उनले गैरआवासीय नेपालीलाई सम्मान गर्दै मुलुकको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्नेमा भने जोड दिए । त्यस्तै एनआरएन अष्ट्रेलियाका नेता देवबहादुर गुरुङ्गले नेपाल र नेपालीमाझ आफूहरु जहा रहेपनि सदा सेवा गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रममा एनआरन जापानका नेता महेन्द्रकुमार श्रेष्ठ, सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौंलागाईसहितले एनआरएनको भूमिकाबारे बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here