पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि……..

काठमाडौं । आइतवार साँझ अबेर काठमाडौं जिल्ला अदालतको इजलासमा मनैदेखि अमिलो बनेका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि उपस्थित सबैलाई आश्चर्य बनाएको थियो । त्यसो त यस अघिका इजलासमा उपस्थित हुँदा पनि उज्यालै अनुहारमा देखिने महरा यस पटक पनि हाँसीखुसी मुडमै देखा परेका थिए । उनलाई अनु सन्धानका लागि पाँच दिन म्याद थपको आदेश दिंदा पनि यसले कुनै असर पारेको देखिएको थिएन ।

विरामीको कारण देखाएर प्रहरीलाई बयान दिन अस्वीकार गर्दै आएका महरालाई सरकारी वकिलको कार्यालयमा लिएर करीब ६/७ घण्टा बयान लिएपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्याइएको थियो ।जिल्ला अदालत पुग्दा अबेर साँझ भैसकेको थियो । तैपनि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको अनुरोधमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महरालाई अनुसन्धानका लागि थप एकहप्ता थुनामा राख्न इजलाससमक्ष माग गरेअनुसार छलफल चलिरहेको थियो ।

न्यायाधीश बाबुराम सुवेदीको इजलासमा जिल्ला अदालतमा साँझ अबेरसम्म चलेको बहसमा महराले आफू र शाहीबीच पुरानै चिनजान रहेको दोहर्याइरहेका थिए । रोशनी शाही बिमारी छिन् भन्ने जानकारी पाएर त्यहाँ भेट्न गएको तर कुनै जबर जस्ती नगरेको पनि महराले इजलास समक्ष बताएका थिए । उनले शाहीको घरमा घट ना घटेको भनिएको समयमा आफू सहरी विकासमन्त्री महम्मद इस्तियाक राईसँग कुराकानी गरिरहेको पनि बताएका थिए ।

इजलास चलिरहँदा साँझ ६.०० बजे रोशनी शाहीले असोज १५ गते प्रहरीवृत्त बानेश्वरमा निवेदनदिंदा मिसिल छुट भएकाले संलग्नताका लागि भन्दै इजलाससमक्ष एक निवेदनसमेत् बुझाएकी थिइन् । बुझाइएको निवेदनमा शाहीले आफू डिप्रेसनको बिरामी रहेको, औषधी खाइरहेको, प्रहरीले जबरजस्ती उजुरी दिन लगाएको आदि कुराहरु उल्लेख गरेकी थिइन् । न्यायाधीश सुवेदीले शाहीलाई थप भनाइ केही छ कि भनी प्रश्न गर्दा शाहीले सबै कुरा निवेदनमा आइसकेकाले आफ्नो भन्नु केही नभएको जवाफ दिएकी थिइन् ।

संसद सचिवालय महिला कर्मचारी रोशनी शाहीमाथि यौ*न हिं* सा गरेको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका महरालाई आइतवार जिल्ला अदालत काठमाडौंले पाँच दिने म्याद थपको आदेशसहित अनु सन्धानमा पठाएको छ । अदालतका न्यायाधीश सुवेदीको एकल इजलासले उक्त म्याद थपको आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here