समाजवादी पार्टी नगर समितिले राजदेवी नगरपालिकामा भएको भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न माग

समाजवादी पार्टी नगर समितिले राजदेवी नगरपालिकामा भएको भ्रष्टाचार तथा अनियमितताको सर्वदलिय समिति गठन गरी छानविन गर्न नगरप्रमुखलाइ ज्ञापन पत्र बुमmाएका छन ।
साजवादी पार्टी नगर कार्यसमितिका अध्यक्ष एवं केन्द्रिय सदस्य रामेश्वर प्रसाद यादवले नपाको विभिन्न शिर्षकमा भएको तथा अनियमितता भएको अथवा नभएको सर्वदलिय छानविन समिति गठन गरी जनता समक्ष सार्वजनिक गर्न मा“ग गर्दै नगरप्रमुख धिरेन्द्र सिंहलाइ ज्ञापन पत्र बुमmाएका छन ।


राजदेवी नगरपालिकाको विभिन्न शिर्षकमा भएको अनियमितताको छानविनकालागि ११बुन्दे विषयमा छानविन तथा चालु आवमा १४बुन्दे कार्य सम्पादन गर्नुपर्ने मा“ग गरेका छन ।
छानविन गर्नुपर्ने विषयहरुमा गत आवको सम्पूर्ण आयव्यय विवरणहरु जनता समक्ष सार्वजनिक गर्नुपर्ने ,नपाद्धार खरिद गरिएको टिपर ,रोलर ,ग्रेडर मेसिनको प्योग विवरण आम्दानी ,बैंक दाखिला रिपोट सार्वजनिक गर्नुपर्ने ,बाग्मती नदी कटान नियन्त्रण स्थल तथा नियन्त्रणको सम्पूर्ण खर्च विवरण ,गत वर्षको विदालयमा छात्रवृति ,दिवा खाजा वापत विद्यालयमा गएकोसम्पूर्ण खर्च विवरणको छानविन गर्नुपर्ने ,बाढी पिडितको लागि राहत सामाग्री खरिद तथा खर्च प्र्क्रिया ,ह्याण्ड पाइप खरिद प्रक्रिया तथा वितरण प्रणालीको छानविन ,ड्राइभर ,पियन ,नगर प्हरी तथा अनय प्रशासनिक कर्मचारीको नियुक्ति प्रकिया छानविन गर्नुपर्ने ,मेयर र उपमेयरको गाडी इन्धन तथा अन्य खर्च विवरण उपलब्ध गराउने ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
यसैगरी राजदेवी नपा वार्ड नं. ७को दलित बस्तिमा ५लाखको नगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकले स्वीकृत भएको उपभोक्ता समितिले कार्य आदेश पाइसके पनि आर्थिक प्रलोभनमा परी अर्को उपभोक्तासमितिबाट काम गराएकोको छानविन गरी कार्यवाही गर्नुपर्ने ,राजदेवी नपा ९ ब्रह्म्पुरीमा बजेट निर्धारण भएको रकम राजनैतिक पूर्वाधारले विकास कार्य अवरुद्ध गराइ बजेट फ्रिज गराइउकोले छानविन गरी ,बजेट फ्रिज गराउने व्यक्तिलाइ कानूनी दायरामा ल्याइ कार्यवाही गर्नुपर्ने मा“ग गर्नुभयो ।

यस्तै राजदेवी नपामा कर्मचारी भर्नाका लागि पदपूर्ति समितिमा स्थानिय संचालन निर्देशिका विपरित नेपाली कांग्रैसका कार्यकर्तालाइ अध्यक्ष बनाइएकोले सो पदपूर्ति समितिको अध्यक्षलाइ खारेज गरी निर्देशिका अनुसार पदपूर्ति समिति गठन गर्नुपर्ने मा“ग गरिएको छ ।
कार्य सम्पादन गर्नुपर्ने मागहरुमा नपा अनतर्गत ४वटा आधारभुत विद्यालय र प्रवि विद्यालयमा ३ वर्षमा विद्यालयको भौतिक विकासको लागि बजेट विनियोजन नगरेकोले शैक्षिक सुधारका लागि बजेट निर्धारण गर्नुपर्ने ,गत आर्थिक वर्षमा सामुदायिक विदालयलाइ पाठयपुसतक लगायत अन्य शिषृकमा ४० प्रतिशत कम निकाशा दिएकाले माग बमोजिम अविलम्ब निकाशा दिनुपर्ने लगायत १४ बुन्दे रहेको ज्ञापनपत्रमा मार्फत जनाइएको छ ।
साथै आफना माग १५ दिन भित्र पुरा नभए भ्रष्टाचार तथा अनियमितताको विरुद्धमा कडा आन्दोलनमा उत्रने चेतावनी समेत अध्यक्ष रामेश्वर प्रसाद यादवले दिनुभयो ।
यस सम्बन्धमा राजदेवी नपाको नगरप्मुख धिरेन्द्र सिंहले ज्ञापन पत्र बुमmदै जायज माग पुरा गर्ने तथा १५ दिनभित्र माग बमोजिम आयव्यय सहित सम्पूर्ण हिसाब किताब उपलब्ध गराउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here