प्रदेश सांसद यादवले अग्नि पीडि़तलाइ निजी स्रोतबाट गरे सहयोग

जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ६ पथरा बुधराममा भएको आगलगीबाट पीडि़त भएका परिवारलाइ निर्वाचन क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य रामकिशोर यादवले निजी स्रोतबाट सहयोग उपलब्ध गराएका छन । सोमबार राति १० बजेको करीवमा अचानक आगलगी हुदा स्थानीय सिकेन्द्र महतो , उमेश महतो , गणेश महतो र विगु महतोको घर क्षतिग्रस्त भएका थिए ।
अग्नि पीडि़तहरुलाई समाजवादी पार्टीका प्रदेश सांसद यादवले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग दिइएको स्थानीय समाजवादी पार्टीका युवा नेता लखिन्द्र यादव ले जनाएका छन ।
सांसद यादवले थप सहयोग उपलब्ध गराउने आस्वाशन समेत दिएको उनले बताएका छन । रहत पछि पीडि़त परिवारलाइ खÞुशी छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here