मो.आफताब आलम माथि लगाइएको बमकाण्ड घटना नभएको दावी

नेपाली कांग््रेस पार्टी जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रेष्ठ साहले रौतहटको राजपुरमा कुनै किसिमको घटना नभएको बताउनुभयो ।


पूर्वमन्त्री एवं रौतहट क्षेत्र नं.२बाट निर्वाचित सांसद मो.अफताब आलम माथि लगाइएको बमकाण्ड घटना नभएको दावी गर्नुभयो ।उहा“ले विपक्षीहरुले सांसद आलमलाइ फसाउने षडयन्त्र रहेको समेत बताउनुभयो ।
उहा“ले चुनावको अघिललो दिन चुनाव कार्यकालागि सुरक्षाकमीको बाक्लो उपस्थित रहने तथा चुनावको लागि कर्मचारी पुगेको त्यस्तो समयमा बमकाण्ड हुनै नसक्ने बताउनुभयो ।


सरुअठाका त्रिलोक प्रताप सिंह पिन्टु मृतक भनिएका अपहरण ,मानवबेचविखन मुद्धामा फरार रहेको भन्दै कोषाध्यक्ष साहले घटना सुनियोजित ढंगले आलमलाइ फसाउने षडयन्त्र रहेको दावी गर्नुभयो ।
परोहा नगरपालिका मेयर शेख वकिलले राजपुरमा कुनै किसिमको बमकाण्ड घटना नभएको दावी गर्नुभयो ।उहा“ले सांसद आलमलाई षडयन्त्र गरी फसाइएको बताउनुभयो ।

चुनावको अघिल्लो दिन चुनावको मध्नजर सुरक्षाकर्मी व्यापक खटाइएको हुन्छ त्यस्तो समयमा यस्तो घटना हुन नसक्ने दोहरयाउनु भयो ।
उहा“ले सांसद आलमलाइ विपक्षीहरुले फसाउने चाल रहेको बताउदै उहा“ले आलमले ईटाभठामा जिउदै मानिसलाइ मmोकेको कुरा गलत रहेको ठोकुवा गर्नुभयो ।

उहा“ले पटक पटक चुनाव जिती सांसद देखि मन्त्री पदसमम पुगेका तथा नेपालमा भउको विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका आलम माथि यस्तो आरोप लगाउनु सरासर मmूठो तथा गलत रहेको बताउनुभयो ।
यस्तै राजपुर नगरपालिकाका मेयर सकिल अख्तरले परापूर्व देखि चुनाव जित्दै आइरहेकोले विपक्षीहरुले फसाएको आरोप लगाउनुभयो ।

उहा“ले चुनाव पूर्वदेखि जित्दै आएको कुरा सहन नसकी विपक्षीहरुले यस्तो घटनाको रुप दिइएको दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here