राजपुरमा भनिएको बम घटना अफवाह हो मेयर वकील

१२ वर्ष अघि भएको रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको राजपुर फरहदवा बम विस्फोटको घटना अहिले निकै चर्चित बनेको छ ।
पहिलो संविधान सभाको निर्वाचनको बेला मतदानको पूर्व संध्यामा भएको बम विस्फोटको घटनामा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वा्चित सांसद मोहमद आफताव आलम पक्राउ परे पछि सेलाइएको घटना पुनरताजगी भएको छ । जिल्ला देखि केन्द्र सम्म लगायत स्वदेश र विदेशमा पनि घटनाको चर्चा रहेको छ ।
२०५४ साल देखि सत्तामा रहदै आएका शक्तिशाली नेताको रुपमा परिचित रहेका पूर्व मंत्री आलम बम विस्फोटमा पारी घाइते भएका १ दर्जन व्यक्तिलाइ ईटा भट्टामा जलाएको अभियोगमा दोस्रो पटक प्रहरी हिरासतमा गएका आलमको कÞानूनी कार्यवाही हुने की नहुने विषय मा स्थानीयहरु देखि संचार जगत दृस्टि लगाएका छन । प्रहरी भने १२ वर्ष अघि भएको घटनाको प्रमाण संकलनमा दिन रात खटेको देखिन्छन ।
वितको असोज २६ गते सर्वोच्च अदालतको आदेशमा इद्रिस गेटबाट पक्राउ परेको आलमलाइ अनुसन्धान गर्नको लागि रौतहट जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ । पहिलो पटक ७ दिनको म्याद थपिएको थियो । रौतहटको परोहा नगरपालिकाको मेयर एवं नेपाली कांग्रेसका नेता शेख वकीलले भनिएको समयमा कुनै विस्फोटको घटना नभएको दावी गरेका छन ।
मंगलवार सदरमुकाम गौर पत्रकारहरु सित कुरा गर्दै मेयर वकीलले मतदानको पूर्व संध्यामा मौन अवधि शुरू रहेको तथा मतदान स्थलहरुमा प्रहरीको बाक्लो उपस्थति भएकै बेला बम विस्फोट हुने कुरौ नभएको जिकिर गरेका छन ।
उनले भने २०६४ चैत्र २८ गते मतदान हुने समय रहेको थियो र २७ गते बम विस्फोट भएको कथित र सुनियोजित घटना सृजना गरिएको छ । उनले थपे त्यहा प्रहरी थियो यदि घटना भएको भए त्यही बेला प्रहरी र प्रतिपक्षका उम्मीदवारहरु दोषीलाइ समात्न लगाउथ्यो तर केहि गरिएन ।
१२ वर्ष पछि आएर विपक्षीले मनगढंत घटनाको संज्ञा दिएर विद्यार्थी जीवन देखि नै राजनितिक गर्दै आएका निस्वच्छ छविका व्यक्ति आलमलाइ राजनितिक समाप्त गर्ने सडयंत्र अनुरूप झूठा मुद्दाको अभियोगमा फसाइएको बताए ।
२०६४ सालमा आधुनिक युग रहेको भन्दै मेयर वकीलले घर नै छत विछत भएको भनिएकोले त्यसको कुनै ठोस सवुद्ध अहिले सम्म रहेको छै विस्फोट भएको भए या घर उड़ाइएको भए फोटो खिचेर कसैले राख्थ्यो त्यस्तो फोटो अहिले सम्म प्रमाणको रुपमा पेश नभएकोले आलमलाइ झूठा अभियोगमा फाइएको ठोकूवा समेत गरे । एमालेबाट उम्मीदवार भएका शैलेन्द्र साह माथि लक्षित गर्दै मेयर वकीलले विपक्षीले योजना बनाएर नक्क्ली बम घटना बनाएको बताए । बूथ क्याप्चरिंग गर्ने उदेश्यले बम बनाउन लगाउने उमेदवारले मतदान हुने दिन आफ्नै घरमा कसरी राख्न सकिने भनी प्रश्न गरे ।
कुनै उम्मीदवारले बम पड्काएर मान्छे मार्ने योजना बनाउँदा मतदान हुनु ५ ,७ दिन अगाडी नै ठाउ ठाउ मा पुर्याउन लगाउथ्यो मतदान हुने बेला चारै तीर प्रहरी बाक्लो उपस्थतिमा रहेको समय आफ्नै घरमा बम बनाउन लगाउने कुरो विश्वास गर्न लायक नरहेको उल्लेख गरे । मौन अवधिमा कड़ा सुरक्षा हुने गरेको जिकिर गर्दै त्यों असंभव रहेको बताए ।
मरेको मान्छे लागेको भनी ट्रेक्टर ल्याइएको प्रति मेयर वकीलले भने प्रहरी बल जवर्दस्ती साक्षी बकपत्र गर्ने देखि लिएर बनावटी प्रमाणहरु संकलन गरिएरहेको बताए । उनले घटना सुनियोजित रहेको र पक्राउ परेको आलम निर्दोष रहेकोले रिहा हुने विश्वास व्यक्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here