राज्य मन्त्री नियत पूर्वक नाम समावेश गरेन , पूर्व स्वकीय सचिव यादव

राकेश यादव ,
समाजवादी युवा फोरममा लामो समय सम्म क्रियाशील रहेका युवा लखिन्द्र यादवले प्रदेश २ सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले विभेद गर्दै समितिमा नाम समेत नराखेको आरोप लगाएका छन ।
एक बर्ष सम्म आश्वासन दिदै आफ्नो कथित स्वकीय सचिवको रुपमा काम गराएको राज्य मन्त्री यादवले पार्टी एकता पछि जनकपुरमा भएको समाजवादी युवा फोरम र नया शक्ति को युवा संगठनको एकतामा युवा संघका केंद्रीय अध्यक्ष समेत रहेका राज्य मन्त्रीले मेरो योगदानको बेवास्ता गर्दै समितिमा समावेश समेत नगरेको गुनासो गरेका छन ।
एकताबाट चुनिएको पदाधिकारीहरुलाई बधाई दिदै युवा नेता यादव विद्यालय जीवन देखि राजनितिक गर्दै आएकोमा पानी राज्य मन्त्री यादवले युवालाइ दमन शोषण गर्ने प्रयास गरेको टिपण्णी गरेका छन । विधान सभा तथा निर्वाचन क्षेत्रको नभएको कारन राज्य मंत्रीय यादवले संघर्षशील युवालाइ उसको भावना सहित खेलवाड़ गरेको समेत आरोप लगाए ।
उनले युवा समितिमा नराख्नुको कारणहरु उनैको शव्दमा म मन्त्री ज्युको चुनाबी छेत्र को थिएन , म मन्त्री ज्यु को अनुसार ठुलो सपना देख्थे , मेरो लोकप्रियता बढ्दै थियोे , आफ्नो गाउँमा अर्थ मन्त्रालयबाट ५० लाखको योजना पारे, म मन्त्री ज्यु को अनुसार सिमित भएर बस्न सकिन रहेको जानेका हुन ।
लेखिएको कारणले द्वेष भावनाले प्रेरित भएर राज्य मन्त्री यादव समाजवादी युवा संघ को प्रदेश सदस्य समेतमा नाम समावेश नगरेको युवा नेता यादवको निष्कर्ष रहेका छन । युवाहरुको योगदानलाई कहिले सम्म दवाएर राख्ने भनी पार्टीका नेताहरु सित प्रश्न समेत गरेका छन ।
यादवले कसैले तह लगाउन खोज्दैमा तह नलाग्ने भन्दै मेरो रगतमा राजनिती बग्छ रगतको बहाव लाई म बाहेक अरु कसैले रोक्न सक्दैन भने दृढ़ता व्यक्त गरेका छन र नेताहरुलाई युवा शक्तिलाइ दवाउने कार्य गरे ठूलो विद्रोह हुने समेत चेतावनी दिएका छन । उनले आज तपाईको दिन छ भोलि मेरो पनि आउछ भने सचेत समेत गराएका छन ।
दुखित भएका युवा यादवले भने पद र सत्ताको आड़मा योगदानको कदर नगर्ने नेताको भोलिको दिन मा जनताले हिसाव लिने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here