बैंकहरुको चर्को व्याजले व्यवसायीहरु मारमा–नेपाल सुनचादी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष रामजी साह

रौतहट । नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रामजी साहले वितिय बैंकहरुको चरम व्याज दरले व्यवसायीहरु मारमा परेका छन ।
केन्द्रिय उपाध्यक्ष साहले पत्रकारसंग कुराकानी गर्दै उहाले बैंकहरुले चर्को व्याजका कारण आफु लगायत कैयौ व्यवसायी मारमा परेका बताउनुभयो ।
केन्द्रिय उपाध्यक्ष साहले राष्ट्रिय वाणिज्य बैंक ,नेपाल बैंक लिमिटेड ,एनआइसि एशिया बैंक ,सिदार्थ बैंकले जथाभावी रुपले व्याजदर वृद्धिले हैरानीमा पारेको आरोप लगाउनुभयो ।
उहाले ८ प्रशितबाट १० प्रतिशत तथा अहिले १४प्रतिशत गरेपछि बैंकबाट लोन लिएर व्यवसाय संचालन गर्ने व्यवसायीहरु चरम मारमा परेका केन्द्रिय उपाध्यक्ष साहले बताउनुभयो ।
केन्द्रिय उपाध्यक्ष साहले आफू बैंकबाट लोन लिदा अहिले वृद्धि गरेर १४ प्रतिशत गरेपछि आफू सहित कैयो व्यवसायी मर्का खेप्नु परेको बाध्यता रहेको समेत जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here