राजदेवी नगरपालिकाका नगरप्रमुख धिरेन्द्र कुमार सिंहले गरे चारकोठे विद्यालय भवन शिलान्यास

राजदेवी नगरपालिका ४ बसतपुरस्थित जनता सत्य नारायण माधयमिक विद्यालयको चारकोठे भवनको एक कार्यक्रम बिच नगरप्रमुखले शिलान्यास गर्नुभएको छ ।
राजदेवी नगरपालिकाका नगरप्रमुख धिरेन्द्र कुमार सिंहले बसतपुर स्थित उक्त विद्यालयको भवन तथा छात्रा मैत्री शौचालयको शिलान्यास गर्नुभएको हो ।


जिल्ला शिक्षा समन्वय इकाइ रौतहटको अनुदान सहयोग ३६ लाखको लागतमा बरण्डा सहित चारकोठे भवन निर्माणको शिलान्यास गरिएको छ ।त्यसैगरी युनेस्को को साढे ६लाखको आर्थिक सहयोगमा छात्रा मैत्री शौचालय निर्माणको समेत शिलान्यास गरिएको प्रध्नाध्यापक प्रभाष ठाकुरले बताउनुभयो ।


राजदेवी नपा ४का वडाध्यक्ष भाग्य नारायण साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा निर्माण समितिका अध्यक्ष रतिकान्त मmा ,राजदेवी नपा ३का वडाधयक्ष जयमंगल दास ,वडा नं. ५का वडाध्यक्ष पंकज सिंह ,समाजसेवी कमलाकान्त मmा ,श्यामनरेश यादव लगायत अभिभावक ,वुद्धिजिवी ,शिक्षाप्रेमी ,समाजसेवी ,विद्यार्थी ,शिक्षक लगायतका सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here