रामचन्द्र माध्यमिक विद्यालयमा छात्र वृति वितरण कार्यक्रम सम्पन्न

गरुडा  / रौतहटको गरुडा नगरपालिकाको वार्ड न ८ मा रहेको श्री रामचन्द्र माध्यमिक विद्यालयमा छात्र वृति वितरण कार्यक्रम सम्पन्न भएको छ । शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा छात्र वृति वितरण कार्यक्रम आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत कक्षा एक देखि कक्षा १० सम्मका दलित छात्र तथा सबै छात्राहरुलाई छात्रबृति दिएको छ । उक्त कार्यक्रममा श्री रामचन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री वशिष्ट राय यादवको अध्यक्षतामा र गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । जसमा अतिथिको रुपमा गरुडा नगरपालिकाको नगर शिक्षा प्रमुख नागेन्द्र साह, नगर शिक्षा उप प्रमुख मौजेलाल साह, नगरपालिकाको कर्मचारी अनिल यादव, विद्यालयको जग्गा दाताको छोरा गौरीशंकर पालको साथै विद्यालय व्यवस्थापनको समितीहरुको उपस्थिति रहको थियो । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई उक्त विद्यालयको प्रअ जंगवहादुर ठाकुरले स्वागत मन्तव्य राखी स्वागत गरेको थियो । कार्यक्रमा बोल्दै मेयर यादवले उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अनुसासनको साथै उक्त विद्यालयमा अध्ययापन गराउने हरेक शिक्षकहरुको मिहिने र कर्मको साथै हरेक गतिबिधिले गर्द यो विद्यालय यो नगरपालिकाको नमुना विद्यालय हुनमा कुनै कसर बाकी छैन त्यसले यो विद्यालय यस गरुडा नगरपालिकामा रहेको विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालय हो भन्ने घोषण समेत गर्नु भएको छ । यसको साथै यस विद्यालयलाई अझै राम्रो बनाउनको लागि रु एक लाख रुपैया पुरस्कार समेत मन्चबाटै दिने घोषण समेत गर्नु भएको छ । यो विद्यालयलाई यति सम्म पुर्याउनमा बसबिट्टि जिगडियामा बस्ने स्व.श्री रामचन्द्र राउतले ८ कठ्ठा जग्गा प्रदान गरेका थिए भने यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वशिष्ट राय यादव र प्रध्यानाध्यापक जंगबहादुर ठाकुरको मिहिनेत, लगनशिलता तथा इमानदारिताको कारण मात्र उत्कृष्ट हुन सम्भव भएको. मेयर यादवको भनाई समेत रहेको थियो । कक्षा एक देखि कक्षा १० सम्मको छात्राहरुलाई रु ४ सयको दरले छात्र वृति बाडिएको छ भने कक्षा ९ र १० मा अध्ययनरत दलित छात्र छात्राहरुलाई रु ५ सयको दरले छात्रवृति रकम वितरण गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here