कार्यकारी अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखापाल रुपेश बिकले सके चन्द्रपुर

चन्द्रपुर, ७ कार्तिक । रौतहटको सबै भन्दा ठुलो तथा सुगम चन्द्रपुर नगरपालकालाई निमित्त कार्यकारी अधिकृत कृष्ण प्रसाद सिग्देलले आफ्नै निजि सम्झेको गुनासो बढदै जान थालेको छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतको सरुवा भएपछि शिक्षा शाखा हेर्ने जिम्मा पाएका सिग्देललाई निमित्तको चिठा परेपछि नगरपालिकामा उनको मनोमानी बढेको आम नागरीकले गुनासो गरेका छन् । एकाध कार्यपालिका सदस्य र करारमा काम गर्ने कर्मचारीलाई हातमा लिएका सिग्देलले काम गरेको रकमको भुक्तानी दिन समेत आफ्नै खेतवारी बेचेर दिनुपर्ने झै गर्ने गरेको एकजना निर्माण ब्यावसायीले बताए । एक निर्माण ब्यावसायीका अनुसार शिक्षा फांट हेर्ने सिग्देलले पहिलो पटक लाख देखी करोड सम्मको चेकमा हस्ताक्षर गर्ने चिठा परेपछि उनले आफुलाई नगरकै सबैभन्दा ठुलो मनुवाहु झै गरेर दुख दिने गरेका छन् । चन्द्रपुर नगरमा आउना साथ उनको नाममा बैंक खाता खोलेपछि नगरको शिक्षा सुधार गर्नुको साटो उनी आफ्नो आर्थिक अवस्थामा सुधारमा लागेको एकजना शिक्षकले नाम बताउने सर्तमा जानकारी दिए । गत आर्थिब बर्षमा काम सम्पन्न भएका योजनाको भुक्तानी दिन लेखापाल रुपेश बिक र सिग्देलले आनाकानी गरेपछि उपभोक्ता समिति र निर्माण ब्यावसायीले सेटिङ गरेर मात्र निकास लिन बाध्य भएको बजारमा चर्चा रहेको छ ।

चन्द्रपुर नगरपालिकामा पछिल्लो समय कर्मचारीको हालीमुहाली बढदै जान थालेको छ । नगरपालिकामा रहेको एकथान भ्याकुको टायर पन्चर हुदा पन्चर हुने जानकारी पहिला किन नदिएको भन्ने सम्मका जनप्रतिनिधिका कारण नगरपालिकामा जनप्रतिनिधि भन्दा कर्मचारी हावी भएका हुन् । कर्मचारी तन्त्र नगरपालिकामा यती हावी भएको छ की नयां हाकिम आउना साथ आफ्नो क्वाटरका लागि एसी खरिद गरेको समेत कार्यपालिका सदस्यले थाहा नपाउने गरेको एकजना वडा सदस्यले बताए । आफ्नै कार्यकलयका लागि दुई लाखको फुल र २ लाखको गमला खरिद गरेको एक महिनामै स्वाह हुदा समेत कुनै जानकारी नराख्ने जनप्रतिनिधिबाट नगरबासी दिक्क भएको स्थानीय रबी रानाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here