पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध जवरजस्ती करणी मुद्धामा कैद तथा सजायको माग

काठमाडौं : दोस्रो पटक म्याद थप भएको भोलिपल्ट प्रहरीले पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध अनुसन्धान प्रतिवेदन तयार गरी बुझाएको छ । संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौनदुव्र्यवहार गरेको आरोप लागेका महरा अहिले प्रहरी हिरासतमा छन् ।

२० दिनदेखि हिरासतमा रहेका महरा विरुद्धको अभियोगमा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझादै जवरजस्ती करणी उद्योगमा मुद्धा चलाउन भनेको छ । प्रहरीले घटनास्थलको मुचुल्का तथा प्राप्त प्रमाणहरुका आधारमा महराले जवरजस्ती करणी उद्योग अन्तर्गत कसुर गरेकोले उनलाई मूलुकी अपराध संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धि कसुरमा कैद तथा सजायको माग गरिएको छ ।

त्यस्तै सार्वजनिक पदमा रहेर बलात्कार प्रयाससम्बन्धि कसुर गरेको भन्दै थप कैदको पनि माग प्रहरीले गरेको छ । जिल्ला अदालत काठमाडौंले यौन हिंसाको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई तेस्रो पटक थप सात दिन थुनामा राखी अनुसन्धान गर्न आदेश गरेको छ । यसअघि महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेपश्चात् पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद थपको अनुमति दिइसकेको थियो ।

अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पुर्याइएपछि विहीवार बसेको जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई सातदिनको म्याद थप गर्नुका साथै उनको रगत निकाली डीएनए परीक्षण गर्नसमेत आदेश दिएका थिए ।

प्रहरी अनुसन्धानमा ल्याइने बित्तिकै यसअघि नै डीएनए परीक्षणका लागि प्रहरीले रगत लिन खोजे पनि महराले दिन आनकानी गरिरहेका थिए । अदालतको पछिल्लो आदेशसँगै डीएनए परीक्षणले थप अनुसन्धानका लागि प्रहरीलाई बाटो खुला गरेको छ ।

यसभन्दा अघिल्ला म्याद थपका लागि अदालत जाँदाका समय दुवैपटक आफ्नो निजी सवारी प्रयोग गरेका महरा बिहीबार भने प्रहरीको भ्यानमा नै बसेर सरकारी वकिलको कार्यालय र अदालत पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here