साँसद मोहम्मद अफताब आलमले भने आफनो गिरफ्तारी असान्दर्भिक

रौतहट ८ कार्तिक । प्रहरी हिरासतमा रहेका साँसद मोहम्मद अफताब आलमले आफनो गिरफ्तारी असान्दर्भिक भएको बताउनु भएको छ । जिल्ला अदालत गौर बाट म्याद थप गरेर प्रहरी हिरासतमा लैजाने क्रममा संचारकर्मी संग उहाले राजनैतिक प्रतिशोध बाट आफुलाई पक्राउ गरिएको प्रतिक्रिया दिनु भएको छ । कानुनी राज्यको अबधारण संबिधानले गरेको थियो त्यसको ठाडो उल्लघन मेरो गिरफ्तारी होे उहाले भन्नु भयो । संबिधान सभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते साँसद आलमको काका शेष ईद्रिसको घरगोठमा बम बिस्फोट हुदा घाईते लाई ईट्टाभट्टामा जलाएको आरोपमा उहा माथि प्रहरीले १२ बर्ष पछि अनुसन्धान थालेको हो । यसैबीच जिल्ला अदालत गौरले तेस्रो पटक आठ दिनको म्याद प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी लाई अनुमति दिएको छ । सर्बोच्च अदालतको आदेशले साँसद आलम लाई रौतहट प्रहरीले असोज २६ गते बीरेन्द्र राजमार्गको ईद्रिस गेटबाट पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here