पतिको हत्या आरोपमा श्रीमती पक्राउ

रौतहट । जिल्लाको गौर नगरपालिका वडा नं। ५, कोईरी टोल बस्ने वर्ष ३५ को ईस्लाम अन्सारीले अत्याधिक मादक पदार्थ सेवन गरी सुत्ने खाटबाट लडी घाईते भएको छ । जिल्ला अस्पताल गौर उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको भन्ने सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलरलाश जाँच मुचुल्का समेतको कार्य सम्पन्न गर्दा उक्त मृतक लाश शंकास्पद देखिएकोले सो घटनाको थप अनुसन्धान गर्ने क्रममा निज मृतक ईस्लाम अन्सारी र निजको श्रीमतीको प्राय घरायसी झगडा पर्ने गरेकोमा मिति २०७६।०७।०४ गते अन्दाजी १७स्०० बजेको समयमा श्रीमान श्रीमतीको वादविवाद भएकोमा मृतक ईस्लाम अन्सारीको श्रीमती जरिना खातुनले आवेशमा आई प्लाष्टिकको डोरीले घाँटीमा कसी कर्तव्य गरी मारेको र खुल्न आएको साथै घटना लुकाउनको निमित्त गाँउ घर छर छिमेकमा श्रीमानले मादक पदार्थ सेवन गरी लडेको कारण अस्पताल लैजान हार गुहार गरेको खुल्न आएको हुँदा निज मृतक ईस्लाम अन्सारीको श्रीमती बर्ष अन्दाजी ३५ की जरिना खातुनलाई मिति २०७६।०७।०७ गते पक्राउ गरी ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here