नेपाल भ्रमण वर्ष २०२० जानकी नगरीबाट विधिवत सुरु

धनुषा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० आधार वर्षको सुरुवात जानकी नगरीबाट विधिवत सुरु हुने बताउनु भएको छ । जनकपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले प्रदेश २ औद्योगीक क्षेत्र पनि रहेकोले गर्दा औद्योगिक पर्यटनको रुपमा विकास गर्नु पर्ने जिकिर गर्नुभयो । वहाँले मिथिला सभ्यताको पुरानो इतिहास बोकेको जनकपुरबाट नै भ्रमण वर्ष २०२०को उद्घोष हुनुमा आफू अत्यन्त खुशी रहेको बताउनु भयो । वहाँले विद्यापति , मैत्रय र गार्गी जस्तो एेतिहासिक धरोहर र संस्कृति एबं पर्यटनको प्रचुर संभावना बोकेको प्रदेश २को आठै जिल्लालाई नै सर्किटको रुपमा विकास गर्न नेपाल सरकार विभिन्न कोणबाट वहस र छलफल सुरु गरेको स्पस्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here