प्रदेश सभा सदस्य यादवद्धारा छोरीलाई साईकल

प्रदेश नं. २ का प्रदेश सभा सदस्य रामकिशोर राय यादवले ईशनाथ नगरपालिका स्थित जनता माध्यमिक विधालय विधालय अ‍ैरैयामा ७५ छोरीलाई साईकल वितरण गरेका छन् ।
प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत जनता माध्यमिक विधालय विधालय अ‍ैरैयाका छोरीलाई एक÷एक थान साईकल वितरण गरिएको हो ।


‘बेटी पढाउ, बेटी बचाउ तथा समाजवादी पार्टीका महिला जिल्ला संयोजक शोभा साहको विशेष पहलमा जनता माध्यमिक विधालय विधालय अ‍ैरैयाका ७५ जना वालिकालाई साईकल वितरण गरिएको हो । हिन्दुहरुको महान पर्व छठो शुभअवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुन आएका प्रदेश सभा सदस्य यादवले वालिकालाई साईकल वितरण गर्नु भएको छ ।
शुभअवसरमा बोल्दै प्रदेश सभा सदस्यले समग्र प्रदेशको समृद्धिका लागि सवैको सहयोग आवश्यक रहेको बताउनु भयो । ‘बेटी पढाउ, बेटी बचाउ तथा महिलाका जिल्ला अध्यक्ष जिल्ला संयोजक शोभा साह
कार्यक्रममा जिल्ला समन्वय समितिका उप सभापति रामबष्ठि राय यादव, महिला नेत्री शोभा साह, प्रदेश नं। २ का समाजवादी पार्टीका शिक्षक जिल्ला अध्यक्ष कामेश्वर यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।


सो कार्यक्रम जनता माध्यमिक विधालय औरैयाका प्रधानाध्याक नगनारायाण सिंहको अध्यक्षतामा साईकल वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here