रौतहट ।हिन्दुहरुको महान पर्व छठको पूर्व संध्यामा रौतहट क्षेत्र नं.२ का केहि स्थानिय नेताको कारण समाजिक सदभाव विथोलने प्रयास भई रहेको ईशनाथ नगरपालिकाका नेकपा नेता तथा नगर कमिटि अध्यक्ष मोहन मेहताले आरोप लगाएका छन् । मेहताका अनुसार समाजवादि फोरमका नेता किरण साहले आफ्ना केहि कार्यकर्तालाई प्रयोग गरी ईशनाथ नगरपालिकाको वडा नं.५ मा समप्रदायिक सदभाव नै खल्ल पुग्ने गरी जातिय र धार्मिक द्धन्द र्सिजन गर्ने षडयन्त्र गरि रहेका छन् । हिन्दु हरुको पर्व छठ लाई लक्षित गरी ईशनाथ नगरपालिका ५ लक्ष्मीनिया स्थित छठ घाट जाने बाटोमा दण्ड दिने छठ व्रतालुहरुको लागी नगरपालिकाले माटो ओछयाई बाटो मरमत गर्ने कार्यमा किरण साहको ईशारामा उनका केहि कार्यकर्ताले विभिन्न बखेडा खडा गरी अवरोध र्सिजना गर्नुका साथै स्थानियहरु का साथ झै झगडा समेत गरेका छन् ।
बाटो अवरोध गर्ने र स्थानिय संग विवाद गरी कुटपिट गर्ने साहनिकट ओसी अख्तर मिया धुनिया, ईरशाद आलम र जमसैद आलम बारे नेकपा नेताले स्थानिय प्रहरी तथा जिल्ला प्रहरी कार्यालय गौर लाई जानकारी गराए पश्चात प्रहरी खोजतलास गर्न जाँदा तिनै जना फरार भएका थिए । फरार तिनै जनालाई लाई बुधवार किरण साहले जिल्ला प्रहरी कार्यालय गौरमा उपस्थित गराई पुन जमानतमा लिएर गएको मोहन मेहताले बताएका छन् । प्रहरीले समाजिक सदभाव खल्ल र्पुयाउने व्यक्ति लाई राजनितिक दवाबमा छाडेको प्रति आपत्ति जनाउदै भोलीका दिनमा त्यस किसिमको तत्व बाट कुनै किसिमको गैर समाजिक घटना भए सो को सम्पूर्ण जिम्मेवारी स्थानिय प्रसाशनले लिनु पर्ने मोहन मेहताले बताए ।
साह निकट मानिएका ओसी अख्तर मिया धुनिया, ईरशाद आलम र जमसैद आलम नामक कार्यकर्ताहरुले मुस्लिमहरुको पर्वमा कुनै बाटोमा माटो किन न खसालेको र हिन्दुहरुको पर्वमा किन माटो र्पुनु पर्याै भन्दै अवरोध र्सिजना गरेको कुरा ईशनाथ नगरपालिकाका उप प्रमुख हुस्ने आरा खातुनले बताईन । उप प्रमुख खातुनका अनुसार किरण साहको ईशारामा नै उनका कार्यकर्ताहरु आफुलाई समेत विभिन्न किसिमको र्दुव्यहार गर्नुका साथै बाटो मरमत भए पनि छठ अगावै भत्काउने समेत धमकी दिएका छन्।