मठिया प्रहरी चौकीमा सुतली बम बिस्फोट

रौतहटको इशनाथ नगरपालिका-४ को मठिया प्रहरी चौकीमा अज्ञात समूहले सुतली बम बिस्फोट गराएको छ।

मंगलबार दिउँसो करिब सवा दुई बजे अज्ञात समूहले चौकीमा बम प्रहार गरेको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताए।

बम बिस्फोटबाट चौकीमा सामान्य क्षति भएको छ भने एक जना प्रहरी जवान घाइते रहेको कार्कीले बताए।

बिस्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ। ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ,’ कार्कीले भने। सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here