स्वास्थ्य चौकी भवनको गाउँपालिका अध्यक्ष अरुण कुमार साहले संयुक्त रुपमा गरे उदघाटन

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

नेपाल सरकार तथा वेलायत सरकारको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) द्धारा संचालित सामुदायिक विकास कार्यक्रमबाट रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ५ मा निर्मीत स्वास्थ्य चौकी भवनको एक कार्यक्रम बीच उदघाटन भएको छ । नेपाली काग्रेस रौतहतका सभाति एवं पुर्व सासद कृष्णा प्रसाद यादव र दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले संयुक्त रुपमा स्वास्थ्य चौकी भवनको उदघाटन गर्नु भयो ।
सामुदायिक विकास कार्यक्रमको २९ लाख ६९ हजार १ सय ८५ रुपैया र दुर्गा भगवती गाउँपालिकाको १ लाख ६२ हजार ७ सय ५० रुपैया गरि कुल लागत ३१ लाख ३१ हजार ९ सय ३५ रुपैया बरण्डा सहितको ३ कोठे भवन निर्माण भएको छ ।


वडाको विच भाग तथा वाढि पिडितको बसोवास रहेको ठाउमा सो भवन बनेपछि स्वास्थ्य चौकी द्धारा स्थानियहरुलाई छिटो छरितो सेवा प्रवाह हुने अपेक्षा गरिएको वडा नं. ५ का वडा अध्यक्ष धर्मनाथ प्रसाद चौधरीले बताउनु भयो । स्वास्थ्य चौकीलाई अति आवश्यक फर्निचर तथा स्वास्थ्य जाचमा सहयोग पुग्ने सामाग्री सहति हस्तनानतरण गरिएको छ । स्वास्थ्य चौकीलाइ हुव्युल चेयर ३ थान, दराज ३ थान, प्लास्तीक कुर्सि १५ थान, टेबुल ३ थान, ट्रली १ थान, डेलेभरी वेड १ थान, ड्रेसिङग टेवल १ थान, जेनेरल बेड ३ थान, स्टील रैक ३ थान, ट्रेली लाईट, डेलेभरी सेट १ थान, आला सेट १ थान लगायतको रु. ३ लाख ९६ हजार २ सय ४६ रुपैयाको समाग्री समेत हस्तानान्तरण गरिएको सामुदायिक विकास कार्यक्रमका संयोजक लिलबहादुर कार्कीले जानकारी दिनु भयो । निर्माण समितिका अध्यक्ष नवल किशोर साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्थानिय बुद्धिजिवि तथा भद्रभलादमीहरुको सहभागीता रहेको थियो । सो अवसरमा सहयनेगी संस्थालाई प्रतिनिधि संयोजक लिलबहादुर कार्कीलाई गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष धर्मनाथ प्रसाद चौधरीले खादा र सम्मान पत्र सहित सम्मान गर्नु भएको
थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here