पौष २५ गतेदेखि रत्ननगर महोत्सव हुने

विकास पौडेल

चितवनको रत्ननगरमा यहि पौष २५ गतेदेखि रत्ननगर महोत्सव हुने भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजना हुने महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष राजाराम रेग्मीले वताए ।

रेग्मीका अनुसार “रत्ननगर महोत्सव हाम्रो पहिचान व्यावसायिक कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथमा अगाडि बढ्ने वताएका छन् ।

उनले समग्र चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवर्द्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र संवद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दूरगामी महत्व बोक्ने भएकाले प्रत्येक दुई वर्षको अन्तरालमा महोत्सव हुने गरेको छ ।

महोत्सवमा यसपालीको थप आकर्षणको रुपमा रत्ननगर महोत्सव र भ्रमण वर्षको अवसरमा हेलिकप्टरबाट स्थानीय पर्यटकीयस्थलहरुको भ्रमणकोे व्यवस्थासमेत मिलाइएको अध्यक्ष रेग्मीले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here