ओम प्रकाश यादव
कटहरिया । सरकारले देशलाई साक्षर बनाउने निती लिएको छ ।
आउँदो केहि वर्षमै देशलाई साक्षर नेपाल र समृद्ध नेपाल घोष्णा गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।
स्थानीय तहहरुद्धारा प्रत्येक निरक्षर व्यक्तिलाई साक्षर बनाएर देशलाई नै साक्षर बनाउने अभियान सरकारले सञ्चालन गर्न लागेको छ ।
सरकारले तय गरेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई पनि पुरा गर्नको लागि यो अभियान चलाउने निर्णय गरेको हो ।
प्रत्येक पालिकामा निशुल्क प्रौढ कक्षा सञ्चालन गरेर सरकारले देशलाई साक्षर नेपाल घोष्णा गर्ने निती लिएको छ ।
सरकारले देशभरीका स्थानीय तहहरुलाई आफना आफना पालिकामा निशुल्क प्रौढ कक्षा सञ्चालन गरेर प्रत्येक निरक्षरलाई साक्षर बनाएर साक्षर भएको पालिका घोष्णा गर्न निर्देशन दिएको छ ।
सरकारको त्यही निर्देशनको आधारमा रौतहटको माधवनारायण नगरपालिकाले नगर अन्तर्गतका प्रत्येक नागरिकलाई निरक्षर बनाएर साक्षर नगरपालिका घोष्णा गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको कार्यालय माधोपुरमा आज नागरिक समाज, बुद्धिजीवी, भद्रभलादमी, राजनैतिक दल, जनप्रतिनिधि, पत्रकार लगाएतको रोहवरमा भएको अन्तरक्रिया कार्यक्रमद्धारा साक्षर नगरपालिका बनाउनको लागि अभियान नै चलाउने निर्णय गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख विरेन्द्र यादवले सरकारको निती अनुसार नगरपालिकालाई साक्षर नगरपालिका बनाउने बताएका छन ।
नगर अन्तर्गतका प्रत्येक वडामा प्रौढ शिक्षा सम्बन्धी निशुल्क कक्षा सञ्चालन गरी निरक्षर प्रत्येक नागरिकलाई साक्षर बनाएर केहि दिनमै नगरलाई साक्षर नगर घोष्णा गर्ने मेयर यादवले बताउनुभयो ।
शुरुमा नगरका प्रत्येक वडामा निरक्षर व्यक्तिको तथ्यांक संकल्न गर्ने र पछि कक्षा सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
आउँदो पौष १५ गतेसम्म प्रत्येक वडामा शिक्षाको पहुचभन्दा बाहिर रहेका व्यक्तिहरुको डाटा संकलन गर्ने र १६ गतेदेखी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरका शिक्षा संयोजक जगरनाथ यादवले बताए ।
निरक्षर व्यक्तिहरुको तथ्यांक संकलन गर्ने काम भोली देखी नै शुरु गरिने शिक्षा सांयोजक यादवले बताउनुभयो ।
१५ वर्ष भन्दा माथी उमेरका प्रत्येक बालबालिका, वृद्धवृद्धा, महिला, पुरुषलाई साक्षर बनाउने सरकारको योजना छ ।
प्रत्येक वडामा निशुल्क सञ्चालन हुने कक्षामा सहभागी भई शिक्षा हासिल गर्नको लागि निरक्षर वृद्धवृद्धा,महिला पुरुष एवं किशोर किशोरीलाई नगरपालिकाले अनुरोध गरेको छ ।