रौतहट प्रहरीले चिसो पीडितलाई आगो ताप्ने सहयोग

रौतहट । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट रौतहटको जनजीवन कष्टकर बनेलगत्तै रौतहट प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चिसो पीडितलाई आगो ताप्ने काठ उप्लब्ध गराइ सहयोग गरेका छन् । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका प्रहरी नयाबय उपरीक्षक नवीन कर्कीले बताएका छन् । वन कार्यालय चन्द्रपुर र स्थानीय निकाय संग समन्वय गरि ईलाका प्रहरी कार्यालय चन्द्रपुरले ३२ स्थानमा, ईलाका प्रहरी कार्यालय गरुडाले ५ स्थानमा, ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमियाले ६ स्थानमा, प्रहरी चैकी मठियबले १ स्थानमा र प्रहरी कार्यालय बेलबीछवाले ४१ स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको प्रहरी नयाबय उपरीक्षक कर्कीले बताए । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरुको हाथमुख जोड्ने समस्या हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here