🌷कविता 🌷
शिर्षक : स्वाभिमानी नेपाली
अाफ्नाे देशकाेअमृत सडाउँछाैं
मन्दविष किन्दै पेट भराउँछाैं
उर्वर माटाे बाँझो बनाउँछाैं
प्याजकाे मूल्यमा हल्ला मच्चाउँछाैं ।
हैसियत बुझी बुझी बुझ पचाउँछाैं
स्वाभिमानी नेपाली भन्न रूचाउँछाैं ।
पाैरखी हातहरू पलायन बनाउँछाैं
उधाेगधन्दाहरू बन्द गराउँछाैं
खाल्डा र खुल्डी सडक मनपराउँछाैं ।
धुवाँ , धुलाे र फाेहाेर मन पराउँछाैं
अाफ्नाे मूल्यांकन गर्न डराउँछाैं
स्वाभिमानी नेपाली भन्न रूचाउँछाैं ।
बेथितिलाई मलजल गर्न रूचाउँछाैं
भ्रष्टाचार बिरुद्ध बोल्न डराउँछाैं
फाइदा हेरी गुलामी गर्न रूचाउँछाैं
अाफ्नाे भूभाग अाफ्नाे हाे भन्न डराउँछाैं ।
अरूकाे भर परी परी गुजारा चलाउँछाैं
स्वाभिमानी नेपाली भन्न रूचाउँछाैं ।
उर्मिला त्रिपाठी२०७६/०९/०५