गद्दार पार्टीसँग सावधान रहन डा. राउतको अपिल

ओम प्रकाश यादव, रौतहट । जनमत पार्टीका संयोजक डा. सिके राउतले गद्दार पार्टीसँग सावधान रहन मधेशी जनतालाई अपिल गरेका छन ।
अधिकारको नाममा मधेश र मधेशी जनतासँग गद्दारी र बेईमानी गर्ने पार्टीसँग सावधान रहन डा. राउतले आह्वान गरेका हुन ।
रौतहटको सदरमुकाम गौरमा आज पार्टीद्धारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै डा. राउत मधेशी जनताको अधिकारको नाममा केहि पार्टीले मधेशी जनतालाई ठग्दै आएको बताएका हुन ।
मधेशीलाई अधिकार दिलाउने आश्वासन दिने पार्टी सतामा पुगेपछि मधेशको मुद्धालाई विरसेर मधेशीलाई पटक पटक धोका दिएको र ठगेको उहाँले बताउनुभयो ।
मधेशीलाई धोका दिने र ठग्ने पार्टीलाई मधेशमा अब मधेशी जनताले परास्त गर्नुपर्ने आवश्यक्ता रहेको उहाँले बताउनुभयो ।
मधेशी जनताको हक अधिकार दिलाउन सक्ने एक मात्र पार्टी जनमत पार्टी नै रहेको समेत सिके राउतले दावी गरेका छन ।
मधेश र मधेशी जनताको अधिकार दिलाउन जनमत पार्टीको विकल्प नरहेको डा. राउतले बताएका छन ।
मधेशी जनताको न्याय र अधिकारको लागि जेलमा बस्ने पार्टीका अध्यक्ष एक मात्रै आफु भएको र बाँकी सबै मधेशीलाई लुटने र ठग्ने काम मात्र गरेको उहाँले आरोप लगाउनुभयो ।
घर घरमा रोजगार, भ्रष्टाचारको अन्त्य र मधेशीको हक अधिकार जनमत पार्टीले नै दिलाउन सक्ने भएकोले जनमत पार्टीमा आवद्ध हुन डा. राउतले सबैलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here