कांग्रेस नेताले दोलखाका सबै स्थानीय तहलाई दिए एम्बुलेन्स

दोलखा । संघीय सांसद एवं कांग्रेस नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा १० वटा एम्बुलेन्स दुइ वटा शब वहाना सहयोग गरेका छन् । जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक ओटा एम्बुलेन्स, भीमेश्वर र जिरी नगरपालालिका थप एक एक वटा शब वाहान सहयोग गरेका तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ । यसअघि पाँच स्थानीय तहलाई गत मंसिरमै उनले एम्बुलेन्स दिएका थिए । उनले आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स र शव वाहन प्रदान गरेका हुन् ।

भिमेश्वर र जिरी नगरपालिकालाई भने शव वाहन पनि दिइएको हो । उनले गत वर्ष गौरीशंकर गाउँपालिका ८ खारेलाई पनि एक एम्बुलेन्स उपलब्ध गराएका थिए । त्योसहित सांसद लामाले जिल्लामा दश वटा एम्बुलेन्स वितरण गरिसकेका छन् ।

एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमानै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको बताएका छन् । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन एम्बुलेन्स पाउने स्थानीय तहलाई आग्रह गरेका छन् । ‘यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस’ सभासद् लामाले भने, ‘मेरा लागि दोलखाबासी सबै समान हुन त्यसैले कसैलाई भेदभाब नगरि सेवा दिनु होला ।’

आफुले कमाएको सम्पति र सांसद भएबापत आउने तलब–भत्ताको रकम खर्च गरि १ करोड ४४ लाखमा एम्बुलेन्स खरिद नागरिकको सेवा गरेको लामा भनाई छ । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य समेत रहेका लामाले सहयोग हस्तान्तरण गर्दा आफ्नो कुनै राजनीतिक स्वार्थ नरहेको प्रस्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here