किसानसँग सरकारले धान किन्ने, जिरा मसिनोको प्रतिक्विन्टल मूल्य ३ हजार निर्धारण

सरकारले किसानसँग धान खरिद गरेको छ । नवगठित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत सरकारले १ लाख २१ हजार २८ क्विन्टलभन्दा बढि धान सरकारले खरिद गरेको हो । कम्पनीको तथ्यांक अनुसार मंगलवारसम्ममा सरकारले किसानसँग धान खरिद गरेको हो  ।

सरकारले गत कात्तिक २८ गतेबाट धान खरिद गर्न लागेको हो । जस अन्तर्गत सरकारले १६ हजार ५ सय मेट्रिक टन मोटा धान ११ हजार ५ सय मेट्रिक टन मध्यम धान, १५ सय मेट्रिक टन जिरा मसिनो धान तथा ५ सय मेट्रिक टन बासमती धान सरकारले खरिद गरेको कम्पनीले जनाएको छ ।

साथै सरकारले चालु आर्थिक वर्षमा ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य समेत राखेको छ । त्यसका लागि सरकारले ७६ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको कम्पनीले जनाएको छ । त्यस्तै धान खरिदको लागि अघिल्लो आर्थिक वर्षमा ९१ करोड ८६ लाख बजेट छुट्याएको थियो । साथै अघिल्लो आवमा ३५ हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेकोमा २२ हजार ५ सय ९२ टन मात्रै धान खरिद गरेको थियो । किसानले उत्पादन गरेको धान उचित मूल्य नपाएको भन्दै गुनासो धेरै नै हुने गरेको छ । किसानहरुले सरकारले तोकेको मूल्य पाएमा व्यवसायीहरुलाइ नै खरिद गर्न दिने तर मूल्य नपाएमा सरकारले नै उचित मूल्य दिन लागेको कम्पनीले जनाएको छ ।

किसानको धान संकलनको लागि सरकारले उपत्यका बहिर ८ कार्यालय स्थापना गरि खरिद गर्न थालेको छ । कम्पनीका अनुसार वीरगञ्ज, जनकपुर, लाहान, बिर्तामोड,महेन्द्रनगर, नेपालगञ्ज, धनगढी तथा राजापुरमा कार्यालय स्थापना गरिएको छ ।

गत वर्ष सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा तोकेको थियो । भने मध्ययम धानको मूल्य २४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको थियो । भने चालु आर्थिक वर्षका लागि सरकारले मोटा धानको मूल्य २५ सय ३२ रुपैयाँ ३२ रुपैयाँ ८० पैसा, मध्यम धानको मूल्य प्रतिक्विन्टल २६ सय ७३ रुपैयाँ १० पैसा, जिरा मसिनो धान प्रतिक्विन्टल ३ हजार २० रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here