ललितपुर। जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी. रु.३०,०००।– घुस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सूचना/बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले निजहरुला पक्राउ गरेको हो।
लेखा शाखामा कार्यरत लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले घुस/रिसवत वापतको रकम रु. ३०,०००/- (तीस हजार) लिइसकेको अवस्थामा सोही कार्यालय परिसरबाट २०७६ पुस ०९ गते उक्त रकमसहित दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएको छ ।