गौर आखा अस्पतालको सेवा सुविधा संतुष्टयुक्त

गौर ।गौर आ“खा अस्पतालको सेवा सुविधा तथा बिरामी उपचार पद्यति संतुष्टियोग्य रहेको एक कार्यक्रमका सहागीहरुले बताएका छन ।
जिल्लामा रहेको अन्य स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको अपेक्षा गौर आखा अस्पतालको सेवा सुविधा संतुष्टयुक्त रहेको उनीहरुले बताएका छन ।
गौर आ“खा अस्पतालको २३औ वार्षिकोत्सवको अवसरमा अस्पतालकै सभाकक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले गौरलाइृ चिनाउने आ“खा अस्पतालको समुचित विकासकालागि आफू प्रयत्नशिल रहेको बताउनुभएको छ ।
उहाले गौर आखा अस्पताल नेपाल तथा छिमेकी देश भारतिय आखाको बिरामीकोलागि वरदान सावित रहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गौर आ“खा अस्पतालको सेवा अमm विस्तारकालागि सबैको सहयोगको आवश्यकता रहेको औल्याउनुभयो ।
गौर आ“खा अस्पताल यहा“कै समुदायको सम्पति रहेको बताउ“दै उहा“ले यसलाई अगाडि बढाउन तथा विकास विस्तारको दायित्व यहा“को समुदायको पनि रहेको उल्लेख गर्नुभयो ।
राजपा नेपाल रौतहटका नेता अनिल कुमार सिंहले जिल्लामा रहेको अन्य स्वास्थ्य संस्थाहरु भन्दा गौर आ“खा अस्पतालको सेवा सुविधा प्रशंसनिय रहेको स्पष्ट गर्दै उहा“ले आ“खा अस्पतालको सेवासुविधालाइृ अमm विस्तार गर्न तर्फ आफू पहल गर्ने समेत बताउनुभयो ।
जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादवले गौर आ“खा अस्पताल जिल्लाकै नमूनाको रुपमा रहेको धारणा राख्दै यसको उतरोतर प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा गौर आ“खा अस्पतालका प्रशासन प्रमुख नागेश्वर चौधरीले अस्पतालले स्थापनाकाल देखि हालसम्म १३लाख ३६हजार ७सय २३जना बिरामीलाई बहिरंग सेवा प्रदान गरेको तथा एकलाख ५७हजार जनाको आ“खाको शल्यक्रिया गरी दृष्टि पुर्नस्थापना गरेको बताउनुभयो ।उहा“ले आ“खा अस्पतालको आर्थिक वर्षको आयतर्फ शल्यक्रिया ,ओपिडि तथा चश्मा विक्री ,औषधि बिक्रीबाट प्राप्त आम्दानी तथा व्यय र बचत लगायत अस्पतालको सम्पूर्ण गतिविधि बारे स्पष्ट पार्नुभयो ।
गौर आ“खा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रविन्द्रलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्र ज्योति संघ रौतहटका सभापति एवं गौर आ“खा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष विजय कुमार सिंह लगायतका वक्ताहरुले अआफनो मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here