समनपुरमा बालुवा र गिट्टी उत्खन्न भइरहेको ठाउँमा गरियो स्थलगत अवलोकन

माघ २७ रौतहट । जिल्लाको गढि़माइ नपा स्थित बालुवा र गिट्टी उत्खन्न भइरहेको ठाउँमा स्थलगत अवलोकन गरिएको छ । जिल्ला समन्वय समिती रौतहट का अध्यक्ष रामएकवाल राय यादवको नेतृत्वमा सुरक्षा निकायको टिम नदि अवलोकनको लागि पुगेको थियो । गढिमाइ नपाको समनपुरमा उत्खन्न भइरेको ठाउँमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, रौतहट प्रहरी उपरिक्षक रविराज खड्का र ईलाका प्रहरी कार्यालय गरुडा का डिएसपि ज्ञान कुमार महतो,गढिमाइ नपाका मेयर श्याम यादव,वृन्दावन नपाका रामस्नेही यादव सहितको टोलीले स्थलगत अवलोकन गरेको हो । दुइ जिल्ला रौतहट र सर्लाहीको बीच बगने बागमती नदिमा गिट्टीवालुवा निकालने ठाउँमा नदिको अवस्था बुझनलाइ सुरक्षा निकायको टोलीले आज अवलोकन गरेको गरुडा का डिएसपी महतोले जानकारी गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here