मातृभाषाको विकास गर्न सकनेले मात्रै देशकाे सरक्षण र विकास गर्न सक्ने

भारतका राज ऋषि आचार्य श्री सुदर्शन जी महाराजले मातृभाषा विर्सिने कार्य भई रहेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ ।
राैतहटकाे सदरमुकाम गाैरमा अायाेजित पत्रकार सम्मेलनमा महाराजले पौराणिककाल देखिको सभ्यता,संस्कृति,पहिचान, कला, परम्परा लोप हुनु का साथै वर्तमान पिढिले अाफ्नाे मातृभाषा समेतलाई भुल्न लागेको बताएका छन ।
पूर्वजहरुले गरेका काम क्रिया अहिलेको पुस्ताहरु बिर्सिदै गएको र अरुको सभ्यता अंगालिदै गएको बताउँदै यसबाट सामाजिक कुरीति जड़ो गाडेको उल्लेख गरे । भगवन गौतम बुद्धको इतिहासको स्मरण गर्दै धन लोभ मोह त्याग गरी सधै भरी स्मरण गरिने कार्य गर्नु पर्नेमा जोड़ दिए ।
धार्मिक ग्रन्थ बेद पुराणमा उलेखिएको कुराको सविस्तार विश्लेषण गर्दै आमाको कोख बाट जन्मिने बेला र मृत्यु हुने बेलाको पीड़ा हजारौ विच्छू को डंक बरावरको हुने बताए । उहाले भगवन संग गरेको बाचा पनि पृथ्वीमा आउने वित्तिकै मानवले ब्रिसिने गरेको टिपण्णी गरे । सत्य बचन बोल्नु पर्ने, धार्मिक कार्य गर्नु पर्ने , कृतिका महान कार्य गर्नु पर्ने सुझाव दिदै मर्ने बेला सँगै लाग्ने कार्य नै धर्म भएको बताए ।
आफुहरुकाे मातृृ भाषा बज्जिका रहेको स्मरण गराउदैै मातृ भाषाको विकास गर्न सकनेले मात्रै देशकाे सरक्षण र विकास गर्न सक्ने भएको साेकाे संरक्षण र सम्बद्धन कार्यमा जोड़ दिनु पर्ने बताउनु भयो । सभ्यता,संस्कृति,रहन सहन पनि बदलिदै गएको प्रति दुःख व्यक्त गरे । झिझिया,पूर्वी, सोहर , जरजटिन ,जस्ता सस्कृतिहरु लोप हुदै गएकोले जीवित राख्नु पार्नु अपील गरे । शिक्षा । स्वास्थ्यमा बढ़ी लगानी गरेर छूटै पहिचान स्थापना गर्ने सफल भएका आचार्य सुदर्शनले नेपालमा जनचेतनाको आभाव देखिएको बताए ।
फरक प्रसंगमा सुदर्शन महाराजले नेपाल भारत विचको सम्वन्ध समाप्त पर्ने सड़यंत्र भईरहदा पनि जोड़दार रूपले सक्रीय नदेखिएकोले यस तरफ आवाज बुलंद गर्नु पर्ने आवश्यकता औल्याए । अायाेजित पत्रकार सम्मेलनमा राजदेवी नगरपालिकाका नगर प्रमुख धीरेन्द्र कुमार सिंह , श्री शिवशक्ति महायज्ञ समितिका अध्यक्ष नविन कुमार सिंह सहित संचारकर्मीहरुको उपस्थति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here