एमबिबिएस डाक्टरले बिना दाईजो बिहेगरेर अदाहरणिय काम गरे

सामाजीक कुरीती हटाउदै डाक्टर स्वर्णकारले गरे बिनादाईजो आदर्श बिवाह
संजय मिश्रा
रौतहट ९ फागुन ।
रौतहट । तराईमा बढीदाईजो तथा तिलक लेनदेन गर्ने जातीमध्ये सोनार पनी एक हो । सामान्य काराबार हुने सोनारका छोराको बिहेमा ५।७ लाख तिलक लिनुु सामान्य मानिन्छ ।
तर सोही जातीका एकजना एमबिबिएस डाक्टरले बिनादाईजो बिहेगरेर अदाहरणिय काम गरेका छन ।
रौतहटको पुर्वीभेग दुुर्गाभगवती गाँउपालिका घर भई हाल टिचिंग अस्पताल महाराजगंज काठमाण्डौमा कार्यरत डाक्टर राकेश स्वर्णकारले बिनादाईजो बिहेगरेर सिंगो समाजमा उदाहरणिय बनेका छन ।
मालपोत कार्यालय मौलापुरका प्रमुख रहेका बबुुनन्दन साहका छोरा डाक्टर स्वर्णकार र गौर नगरपालिका का स्वर्गिय लालबहादुर साह सोनारको छोरी आरती कुमारी साहका बिच बिहिवार राती रामजानकी मंन्दिमा आदर्श बिवाह सम्पन्न भएको छ ।
बिवाहको अवसरमा बेहुला बेहुलीका परिवारका साथै नेपाल सोनार समाजका अध्यक्ष डाक्टर महादेव साह लगायत समाजका केन्द्रिय तथा जिल्ला स्तरिय प्रतिनिधीहरुको सहभातिा रहेको केन्द्रिय सचिन रामजी साहले बताएका छन ।
सोनार जातीमा ब्यापत रहेको सामाजिक कुरीती हटाउन उदाहरणको लागी डाक्टर राकेश र आरतीको बिनादहेज आदर्श बिवाह गराउन समाजले महत्वपुर्ण भुमिका लेखेको सोनार समाजका केन्द्रिय सचिव रामजी साहले जानकारी दिएका छन ।
सोनार समाजले सुुरुगरेको अभियान जस्तै मधेशमा रहेका सबै जात जातीमा संगठन निर्माण गरी अभियान संचालन गरेमा बिधमान दाईजोप्रथा क्रमश.ं अन्त हुने समाजले बिश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here