विश्व मातृभाषा दिवसको अवसरमा विभिन्न कार्यक्रम

गौर ।रौतहटको सदरमुकाम गौरमा ग्रामिण शिक्षा विकास नेपालले आयोजना गरेको बज्जिका भाषा विकास समारोह २०७६ भव्यताका साथ सम्पन्न शुुक्रबार भएको छ । विश्व मातृभाषा दिवसको अवसरमा लगातार पाँच वर्ष देखि ग्रामिण शिक्षा विकास नेपाल नामक संस्थाले विभिन्न कार्यक्रम गरि समारोहको आयोजना गर्दै आएको हो ।

मातृभाषाको संरक्षण संवर्धन एवम प्रर्वद्धनको लागि निरन्तर कार्य गर्दै आएका ग्रामीण शिक्षा विकास नेपालले बज्जिका भाषाको उत्थानका लागि पत्रिका समेत संचालन गर्दै देखिएको छ ।
रौतहट, बारा, सर्लाही महोतरीमा बोलिने बज्जिका भाषाको मान्यता हुनु पर्ने आज आयोजित समारोहका सहभागीहरुले जोड़ दिएका छन ।

संघीय व्यवस्थामा स्थानीय भाषा, सांस्कृतिक, धार्मिक, सामाजिक विकास गर्नु पर्ने स्थानीय सरकारको अधिकार दिइएकोले स्थानीय सरकारले मातृभाषा बज्जिकालाई सरकारी कामकाजको लागि प्रयोग गर्नु पर्ने वक्ताहरुको जोडदार माँग गरेका छन् ।

संस्थाका अध्यक्ष रामा यादवको अध्यक्षतामा सम्पन्न भएको समारोहमा गरुडा नग्गरपालिकाका प्रमुख इन्नु राय यादवले आफ्नो नगरपालिकाका आधारभूत विद्यालयहरुमा बज्जिका भाषामा अध्ययन अध्यापन गराउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छ ।
लोप हुदै गइरहेको सभ्यता, संस्कृति, कला, पहिरन, भेषभूषाको जगेर्ना गर्नु पर्ने समेतमा मेयर यादवले जोड़ दिए ।

राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले आफ्नो मातृभाषाको संरक्षण गर्नु पर्ने बताए । मेयर सिंहले बज्जिका भाषालार्इ राष्ट्रिय भाषाको रुपमा मान्यता दिनु पर्ने धारणा व्यक्त गरे । जन्म देखि नै बोलिने मातृ भाषाको लोप हुनु दुखद रहेको टिप्पणी गर्दै भाषा विकाशको लागि सवैले सकारात्मक पहल गर्नु पर्ने अपील गरे ।

समारोहमा समाजवादी पार्टीका प्रदेश सदस्य ब्रृज यादव, पूर्व जिल्ला उपाध्यक्ष श्यामविहारी यादवले राष्ट्रिय जनगणनामा मातृ भाषाको रुपमा बज्जिका छनौट गरी आफ्नो भाषाको मान्यता दिलाउनु पर्ने आग्रह गरे ।

युएनहेविटासका दिपेन्द्र ठाकुरले आफनो भाषाको संरक्षण गर्ने कार्यमा संस्थाले खेलेको र खेल्दैं आएको भुमिकाको प्रसंसा गर्दै भाषा संस्कृतिको जर्गेना गर्नु जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र साहले बज्जिका भाषाको बारेमा जानकारी गराउदैं संस्थाले यस्ता कार्यक्रम गरि संरक्षण गरेको प्रति धन्यवाद दिए । लोप भई सकेको र लोपोन्मुख अवस्थामा रहेका सामग्री प्रदर्शनीको लागि कार्यक्रममा सजाइएका थिए ।
समारोहमा जिल्लाका १०३ वर्ष पुरा गरेकी गरुडा नपाका हजारी देवी र समसी देवीलाई दोसल्ला तथा पहिरण र अभिनन्दन पत्रबाट सम्मानित गर्नूको साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरु एवम रौतहटका संचारकर्मीहरुलाई समारोहमा सम्मानित गरिएको आयोजक सस्थाका संस्थापक अध्यक्ष जय प्रकाश यादवले जानकारी दिएका छन ।

खुर्दक वाजा, डंका, सिंघा वाजा, जरजटिनको गित, होली गित प्रस्तुत गरिएको थियो । निजि विधालयका वालवालिकाहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको आयोजक संस्थाले जनाएको छ ।
समारोहलाई सफल बनाउन आयोजक संस्थाले शुक्रबार विहान रौतहटको सदरमुकाम गौरमा भव्यताका साथ प्रभात फेरीको आयोजना गरेको थियो ।

समारोहका संयोजक योगेन्द्र प्रसाद यादवले समारोहलाई सफल बनाउन आउनु भएका सबै प्रति अभार प्रक्ट गरेका थिए ।

समारोहमा रौतहटमा चिरपरिचीत व्यक्तित्वहरुको व्यापक सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here