समाजवादी पार्टी रौतहटको संगठन विस्तार तथा सुदृढीकरण सम्पन्न

बंकुल ।समाजवादी पार्टीका केन्द्रिय सदस्य, विसु अभियानका संयोजक विधायक किशोरी यादवको प्रमुख आतिथ्यमा, विसु अभियानका क्षेत्र नं-२ अन्तर्गत आयोजित समाजवादी पार्टी रौतहट संगठन विस्तार तथा सुदृढीकरण (विसु) सम्पन्न भएको छ।

अभियानमा केन्द्रिय सदस्यद्वय पूर्वसांसद बबन सिंह , विश्वनाथ पटेल , जिल्ला इन्चार्ज वृज यादव , समाजवादी पार्टी रौतहटको जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाको नगर प्रमुख  धर्मेन्द्र पटेल , मेयर राजु यादव , जिससका उपसभापति बशिष्ट यादव,पुवँ जिल्ला उपाध्यक्ष युवा नेता श्याम विहारी यादब उपमेयर प्रेमलाता कुश्वाहा ,, जिल्ला, क्षेत्र र नगर स्तरीय नेताहरू लगायत पत्रकारहरूको उपस्थितिमा क्षेत्र नं-२ का क्षेत्र स्तरीय अभिमुखिकरण कार्यक्रम बंकुल बजारमा सम्पन्न भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here