विश्व कल्याणको लागि सर्लाहीको लक्ष्मीपुरमा श्री विष्णु महायज्ञको तयारी पुरा सर्लाही

। चंचल झा । विश्व कल्याणको लागि सर्लाहीको लक्ष्मीपुरमा श्री विष्णु महायज्ञको तयारी पुरा भएको छ । सर्लाहीको बलरा नगरपालिका वडा नं ३ लक्ष्मीपुर गाउँमा फाल्गुन १५ सुरु हुने श्री विष्णु महायज्ञको समापन फाल्गुन २४ गते हुनेछ । महायज्ञको तयारी कार्यमा सबै गाउँबासी नै जुटेका छन । सुख, शान्ति र समृद्धिको लागी हुने महायज्ञमा नेपाल र भारतका चर्चित विद्वान द्धारा राम कथा वाचन,प्रवचन हुने श्री विष्णु महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र झा बताउनु भएको छ । देशनै पर्यटन वर्ष २०२०मनाई रहेको वेला देशकै हकहितको लागि महायज्ञ आयोजन गरि भारतिय पर्यटक भित्रयाउने उद्धेश्यले धार्मिक मेला महोत्वस लगाई अत्याधिक विदेशी पर्यटकलाई नेपाल आउने वातावरण बनाईएको व्यवस्थापन समितिका सचिब विनय झाको भनाई रहेको छ । साथै महायज्ञमा आउने श्रद्धालु भक्तहरुको लागि खाना,बसोबासको निशुल्क व्यवस्थापन गरिएको सचिब झाले बताए । विहिवार देखि सुरु हुने महायज्ञको तयारी पुरा भएको भन्दै समितिका कोषाध्यक्ष हरिहरनाय मिश्रले यसलाई ऐतिहासिक शान्तिपूर्ण बनाउन सम्पुर्णगाउँवासी तत्पर रहेको बताए । भव्य रुपमा आयोजना महायज्ञको उद्धघाटन राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर द्धारा गरिने छ । विहिवार देखि विधिवत रुपमा सुरु हुने महायज्ञलाई सफल बनाउन सम्पुर्ण जनसमुदाय लागि परेका छन् । महायज्ञबाट शांति स्थापना हुने आशा व्यक्त गर्दै हिन्दु धर्मको रक्षार्थ विश्वको कल्याण तथा सत्य धर्मको रक्षार्थ महायज्ञ फलदायी हुने हिन्दु परिषद नेपालका सर्लाही अध्यक्ष शाश्त्री कृष्णकान्त झा बताउनु भयो । १० दिन सम्म चलेको महायज्ञमा मनोरंजनको सुविधा , खान बसने सुविधा , धार्मिक प्रबचनको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here