इशनाथ नगरपालिकामा ८ हजारलाई राहत


अशोक पहाडी
रौतहट,३० चैत / जिल्लाको इशनाथ नगरपालिकाले आफ्नो नगरभित्रका ८ हजार परिवारलाई राहत दिने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत बितरणको अन्तिम तयारी भएको हो ।
सो नगरपालिकाका २ वटा वडामा राहत बितरण कार्यक्रम सकिएको र अन्य वडामा आईतबारबाट राहत बितरण गरिने इशनाथ नगरपालिकाका कार्यकारी प्रमुख नन्द किशोर गुप्ताले जानकारी दिएका छन ।
नगरबासीको नाम संकलन गरेर सबै वडाबाट चामल दाल ,चिनी ,नुन बितरण गर्ने कार्यक्रम रहेको गुप्ताले जानकारी दिएका छन् । इशनाथ नगरपालिकाको वडानं २ मा शनिबार राहत बितरण भएको वडाअध्यक्ष रामलक्षण साहले जानकारी दिएका छन् । जिल्लामा सबैभन्दा धेरै राहत बितरण गर्ने इशनाथ नगरपालिका भएको प्रमुख कार्यकारी अधिकृत गुप्ताले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here