मधेश ईन्जिनियर्स एसोसिएसन प्रदेश न.२ को अध्यक्षमा तपेश्वर यादब र वरिष्ठ उपाध्यक्षमा रघुन्नदन ठाकुर

राजबिराज । जहाँ इन्छा त्यहा उपाय भने झै मान्छेको इच्छाशक्ति भए जुन सुकै समयमा पनि काम गर्न सकिन्छ, भन्ने कुरा मधेश ईन्जिनियर्स समितिको प्रदेश नं २ को गठन भएको कामले प्रमाणित गरेको छ ।

नेपाल सरकारद्वारा गरिएको लकडाउनलाई मध्यनजर गर्दै टेलिफोन सम्वाद, सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत मधेश ईन्जिनियर्स एसोसिएसनको प्रदेश नम्बर दुई को कार्यसमिति गठन गरिएको छ ।

एसोसिएसनका केन्द्रिय अध्यक्ष ई. संजिव नारायण यादव र उपाध्यक्ष ई मनिष प्रसाद केशरी द्वारा प्रेषित विज्ञप्ति अनुसार ३५ जना को कार्यसमिति गठन गरिएको हो । उक्त कार्यसमितिमा समितिको ईन्चार्जमा अविनाश कुमार मंडल, सह इन्चार्जमा गौरी पंडित, अध्यक्षमा सिरहा जिल्ला निवासी ई तपेश्वर यादव, वरिष्ठ उपाध्यक्षमा रघुन्नदन ठाकुर, उपाध्यक्षमा प्रमोद यादव, संजीव कुमार साह, पुरुसोत्तम साह, रोशन यादव, महासचिवमा नितु राउत, सचिवमा ज्योति महतो, स्वेता कुमारी दास, नागेन्द्र राय यादव, अमित यादव, पलल्वी गुप्ता, संचित केशरी, निरज यादव र मिडिया संयोजकमा सर्लाही जिल्ला निवासी ई धर्मेन्द्र कुमार यादव लगायतका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here