दोस्रो चरणको राहत प्रदेश २ सरकारले सुरु गर्यो

जनकपुर । प्रदेश २ को सरकारले दोस्रो चरणको राहत वितरण गरिरहेको छ । लकडाउनको बेला दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारलाई समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण सुरु गरेको हो । प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलको तर्फबाट शुरु भएको दोस्रो चरणको राहत १०५ घर परिवारलाई वितरण गरिएको छ । प्रदेश सरकारले मन्सुली चामल २५ किलो, मसुरो दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, सोयाबिन आधा किलो, हातधुने साबुन १ पिस र लुगाधुने साबुन १ पिस लगायतका राहत सामग्री वितरण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here