नेपाली भूमि फिर्ताको माग गर्दै प्रदर्शन गर्ने दिनेश त्रिपाठीसहित ५ वरिष्ठ अधिवक्ता पक्राउ

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका वरिष्ठ अधिवक्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। माइतीघरमा आइतबार दिउँसो प्रदर्शनका लागि भेला भएका पाँचजना वरिष्ठ अधिवक्ताहरुलाई प्रहरीले प क्राउ गरेको हो। पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ताहरु बालकृष्ण न्यौपाने, बोर्णबहादुर कार्की, डा. नारायण घिमिरे, दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारी रहेका छन्।

भारतले धार्चुला हुँदै नेपाली भूमि लिपुलेक–कालापानीको जमिनसमेत प्रयोग गरी सन् २००८ देखि नै बाटो बनाएको र १२ वर्षको अवधिमा पनि नेपाल सरकारले थाहा नपाएजस्तो गरेकाले अन्तर्राष्ट्रिय कानुनअनुसार सीमा विवाद मिलाउनुपर्ने मागसहित आफूहरु विरोधमा उत्रिएको वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए।

भारतले नेपाली भूमिमा बाटो बनाएको सरकारलाई थाहा भएपनि थाहा नपाएजस्तो स्वाङ्ग पारेकाले स्वतन्त्र रुपमा कानुन व्यवसायीको समूह बनाएर आफूहरुले विरोध गरेको उनले बताए।

भारतले बाटो बनाएको क्षेत्र नेपाली भूमि रहेकोमा कुनै शंका नरहेको र यो वि वाद तत्काल अन्तर्राष्ट्रिय कानुनअनुसार कू टनीतिक छलफलबाट टुंग्याउनुपर्ने उनीहरुको माग छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here