लकडाउन लम्ब्याउँदा मध्यम वर्गमा पनि चिन्ता बढ्दै गएको छ

आलोक कुमार सिंह // कोरोना भाइरस रोग चीनको बुहान शहर स्थित जनावर बजारबाट उत्पति भएको अहिले सम्मको सोधले जनाउँदैछ  तर अर्को तप्का अनुसार यस रोगको उत्पति बुहान शहर स्थित भाइरस ल्याबबाट भइ विश्व भर फैलिसकेको बुझार्इ छ । विश्व स्वास्थ्य संगठन अनुसार यो रोग चीनको बुहान शहरमा डिसेम्बर २०१९ मा साधारण निमोनियाँ रोगको लक्ष्ण जस्तै केही मानिसहरूमा देखिएको र त्यस पश्चात् यो नयाँ रोग भनेर पुष्टि भयो र यस रोगको नाम नोवेल कोरोना भाइरस रोग नामकरण गरियो र छोटकरीमा कोभिड १९ भनियो ।

यो रोगको चपेटामा विश्वका करिब  सबै देशहरू आइसकेको छ जस मध्ये केही देशहरूमा यसको संक्रमण अत्याधिक रहेको छ भने केहीमा न्यून देखिएको छ । त्यसमा पनि हाल विश्वका विकसित मुलुकहरूमा यो रोगको कहरले सम्पूर्ण विश्व जगत अचम्म परेको छ । हाल सम्म विश्व भरमा करिब ५५,५६,६७९ जनामा संक्रमण भइसकेको छ भने ३,५१,८६६ जनाको मृत्यु र करिब २५,९२,००१ जना निको भइसकेको छ ।

विश्वभरका कुनैपनि राष्ट्रले यो अनुमान लगाउन सकेको थिएन कि कुनैपनि रोगको महामारी यो गतिमा फैलिन्छ । रोगको संक्रमण मध्यनजर गरी विश्वकै शक्तिशाली देशहरू लकडाउन गर्न बाध्य भयो र हाल सम्म पनि जारी छ । हाल सम्म पनि यो रोगको उत्पति, संक्रमणको मध्यम र उपचारबारेमा स्पष्टता छैन । विश्वभरिका विभिन्न देशले उपचारको लागि खोप र औषधीको खोजी अनुसन्धान गरिरहेका छन् तर हाल सम्म उत्साहजनक परिणाम आएको छैन । विश्व स्वास्थ संगठन अनुसार यो रोग लामो समयसम्म पनि इन्डेमिक रोगको रूपमा संसारमा रहिरहने अनुमान गरिरहेका छन् । यदी इन्डेमिक रूपमा यो रोग रही रहने हो भन्ने सम्पूर्ण मानिसको जीवन तथा कार्य शैली परिवर्तन गर्नुपर्ने हुन्छ ।

विश्वका सम्पन्न तथा आत्मनिर्भर राष्ट्रहरूको आर्थिक टाट पल्टिने अवस्थामा पुगिरहेको छ साथै अर्थतन्त्र ध्वस्त भइसकेको छ । यस्तो अवस्थामा जनतालाइ लालन पालन देखि लिएर स्वास्थ्य सेवाको भारले निकै कठिन बनाउने देखिन्छ । यो रोगको रोकथाम तथा उपचारमा हाल सम्म कुनै ठोस पद्धति पतो लागेको छैन जसले आम जनता देखि मुलुकलाइ आर्थिक मोर्चामा योजना बनाइ अगाडि बढ्न कठिन हुने निश्चित छ ।

विगतमा पनि श्वासप्रश्वास सम्बन्धी रोगको महामारी विश्वले झेलेको छ तर यती स्तर सम्म पुगेको थिएन । मध्यपूर्व रेस्पीरेटरी सिन्ड्रोम (MERS) एक भाइरल श्वास रोग हो जुन एक नोवेल कोरोना भाइरस (मध्य पूर्व रेस्प्रेरेटरी सिन्ड्रोम कोरोनाभाइरस, वा (MERS ‐ CoV) को कारण हुन्छ, जुन २०१२ मा साउदी अरेबियामा पहिलो पटक पहिचान गरिएको थियो। लक्षणा देखिएका लगभग ३५ प्रतिशत यो रोगका बिरामीहरू मरे, तर यो वास्तविक मृत्युदरलाई बढी महत्त्व दिन सक्छ, किनकी मर्सको लक्षण नदेखिएका केसहरू विद्यमान सर्भेल्यान्स प्रणालीबाट हराउन सकिन्छ र यस रोगको बारेमा अधिक जानकारी नभएसम्म केस मृत्युदर मात्र गणना गरिन्छ। सार्स कोरोनाभाइरस (SARS-CoV) सन २००२ मा दक्षिणी चीनको गुआंग्डोंग प्रान्तमा पहिचान भएको थियो । यस रोगले विश्वका १८ देश प्रभावित भएको थियो जसमा करिब ८००० मनिसहरू प्रभावित भएको थियो । हाल सम्म पानि यी दुर्इ रोगको पनि खोप बनाउन सकेको छैन । यी दुर्इ रोगको भइरस पनि यही कोरोना समूहको रहेको छ तर नोवेल कोरोना भाइरस रोग सर्ने गति अत्याधिक रहेको छ । यस्ता खालका रोगहरू प्राय जसो जिवजनावरमा पाउने भाइरस मिउटेसन भएर मनिसमा सर्ने गरेको देखिन्छ । तसर्थ अगामी दिनहरूमा पशुपालन तथा व्यवसायमा निकै ध्यान दिएर मात्र अगाडी बढाउनुपर्ने हुन्छ अन्यथा यस्ता रोगहरूको जोखिम कम गर्न सकिँदैन ।

नेपालमा हेर्ने हो भने हाल सम्म १०४२ जना कोरोना भाइरस रोगका बिरामीहरू पता लागेको छ र ५ जनाले ज्यान गुमार्इसकेका छन् । यस रोगको संक्रमण आगन्तुक बिरामी तथा सम्पर्कमा आएका व्यक्तिहरूमा मात्र देखिएको छ र अगामी दिनमा सामुदायिक संक्रमण भए सँगै बिरामी निकै बढ्ने देखिन्छ । यो रोगको रोकथाम तथा नियन्त्रणका लागि करिब २ महिना देखि देशमा लकडाउन लगाइएको छ । नेपालको आर्थिक पर निर्भरता अत्याधिक रहेकोले यसरी लामो समय सम्म धान्न् नसक्ने हुन्छ । जुन गतिमा नेपाल सरकार र संयन्त्रले काम गर्दै छन् त्यसले कुनै किसिमको सकारात्मक परिणाम ल्याउँदैन । हालको प्रयासले रोग रोकथाम तथा नियन्त्रण गरिरहँदा अति गरिब विपन्न परिवारलार्इ तथा स्वास्थ्य क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ ।

दैनिक ज्यालामा काम गर्ने तथा गरिबी रेखामुनि रहेका परिवारलार्इ यो लकडाउनले २ छाक टार्न कठिन बनाइ सकेको छ । यस्तो अवस्थामा रोजीरोटीको लागि कुनै पनि काम गर्न पाइरहेको छैन । सरकारले ल्याएको खाद्यान सहयोगी केहीलार्इ मात्र राहत भएको छ साथै स्थानीय सरकारको अपारदर्शिताले के कति परिवारले सहयोग पायो भन्ने यकिन गर्न गाह्रो छ । लकडाउन लम्ब्याउँदा मध्यम वर्गमा पनि चिन्ता बढ्दै गएको छ । व्यापार व्यवसाय पूर्ण रूपमा ठप्प छन साथै यस क्षेत्रमा लगानी गरेकालाइ व्यवसाय डुब्न सक्ने चिन्ता थपेको छ । कृर्षी क्षेत्रमा केही उत्साहजनक देख्न सकिन्छ तर यही अवस्थामा किसानले मलखाध तथा विउविजन पाउन निकै गाह्रो देखिन्छ साथै सिँचाइमा पनि समस्या हुने देखिन्छ ।  बेरोजगारीका कारण गरिब तथा दैनिक ज्यालामा काम गर्ने अति विपन्न दलितको खाना नपाएर ज्यान गएको खबर पत्रिकामा आएका छन् ।

नेपालमा स्वास्थ्य क्षेत्रमा आधुनिकिकरण तथा स्वास्थ्यकर्मीको कमीले हालको अवस्थामा स्थानीय सरकारले स्वास्थ्य सेवा दिन नसक्ने देखिन्छन । स्थानीय सरकारले व्यवस्था गरेको क्वारेन्टिनको अवस्था व्यवस्था हेर्न सकिन्छ । विना कुनै मापदण्ड बनाइएका क्वारेन्टिनमा सेवा सुविधाको कमी त छदै छ त्यसमा पनि आवश्यक व्यक्तिगत सुरक्षाका सामग्री अत्याधिक कमि छ । स्थानीय सरकार प्रदेश तथा केन्द्र सरकारको मुख ताकेर बसिरहेको छ र केही संघ संस्थाबाट प्राप्त सामग्रीहरूले जेनतेन चलेको छ । क्वारेन्टिनमा राखेका व्यक्तिहरू रोगको अत्याधिक जोखिमा छन् किनकी सरुवा रोग रोक्न अपनाउनुपर्ने सावधानी कमी छ । त्यहाँ राखिएका व्यक्तिहरूले खानाको कमीले झन् पीडित बनेको छ । हाल सम्मको सोध तथा जानकारी अनुसार मानिसको शरीरमा रोग प्रतिरोध क्षमता राम्रो भएमा रोगबाट बच्न सक्ने साथे रोग लागेमा पनि सन्चो हुने देखिन्छ तर यसरी गरिएको व्यवस्थाले व्यक्तिको शरीरमा रोग सँग लड्ने क्षमता कम हुन्छ । नेपाल सरकारले व्यवस्था गरेका कोरोना भाइरस रोगका बिरामीको उपचारका निम्ति तोकिएको अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा सरसफाइ तथा आवश्यक मापदण्डको कमि बारेमा पत्रपत्रिकामा छ्यापछ्यापती खबरहरू आइरहेका छन् । आइसोलेसन मा राखिएका बिरामीहरू चाउचाउ खाएर बस्न बाध्य भएका छन् । के यसरी उपचार गर्दा बिरामी निको हुन्छ ? यस्तो अवस्थामा बिरामीलाई झन् जोखिम बढ्छ । सरकारले जुन स्तर बाट टेस्ट किट किन्न तथा चेक जाँच गर्न ढिलाइ गरिरहेको छ यसले महामारी झन् बढाउने देखिन्छ । विश्वका धेरै देशहरू फरक फरक उपाय अपनाएर रोग रोकथाम तथा नियन्त्रण गर्दा समेत न सकेकोमा नेपालले पनि आफ्नो जनतालार्इ सुरक्षित राख्न परिवेश हेरेर कार्य गर्नुपर्ने थियो जस्मा सरकार चुकेको छ ।

नेपाल सरकारले निम्न क्षेत्रमा ध्यान दिएको भए अझ गतिलो तरिकाले रोगको रोकथाम तथा व्यवस्थापन गर्न सकिन्थ्यो

१. सिमानाका पूर्णरूपमा बन्द गरी आफ्नो देशको अवस्था र आवश्यकता अनुसार संचालन । आवश्यकता अनुसारको सामान ढुवानीमा सहजता गर्ने ।

२. आफ्नो देशका गरिब निमुखा जनता जो भारतमा काम गरि लकडाउनमा बाध्य भएर घर फर्किनेलार्इ यातायात सुविधा प्रदान तथा सुविधा सम्पन्न क्वारेन्टिनमा वा होम क्वारेन्टिनमा राख्ने र चेक जाँच गरी समुदायमा पठाउने ।

३. बिरामी देखिएको समुदायमा सिल गरी चेक जाँच गर्ने तथा समाजीक दूरी कायमको लागि हरेक स्तरबाट पहल तथा लागू गराउने ।

४. सुविधा र स्रोत साधनको कमी रहेका क्वारेन्टिनमा, आइसोलेसन तथा हस्पिटलमा तत्काल स्रोत साधन सहित उचित खानपानको व्यवस्था गर्ने ।

५. आफ्नो देश भित्र पनि निश्चित सिमा तोकी तथा सिल गरेर समाजिक दुरी कायम तथा व्यक्तिगत सुरक्षाका उपकरण प्रयोग गरी आर्थिक गतिविधि तथा उधोग धन्दा संचालन गर्ने ।

६. समुदायलार्इ डर त्रास देखाउनु भन्दा पनि जन चेतना जगाइ सेल्फ क्वारेन्टिन तथा आइसोलेसनका लागि अभिप्रेरित गर्ने ।

७. अति गरिब तथा बिपन्नलार्इ खाद्यानको लागि उचित व्यवस्था गर्ने  तथा अन्य बर्गको आवश्यकतालार्इ हेरी राहत प्याकेजको व्यवस्था गर्ने ।

८. धरमराएको कृर्षी क्षेत्रमा लगानी, भण्डारण, कोल्डचेनको व्यवस्था, बजारीकरणको व्यवस्था गरी खाद्यानको व्यवस्थापन गरी आत्मनिर्भर बनाउने ।

९. अन्तरिक रूपमा आवतजावत गर्नको डिजिटल प्रविधिको प्रयोग गर्ने जस्तै डिजिटल ब्यान्ड वा मोबाइल एप्लिकेसन जस बाट अनुमति लिएको व्यक्तिलार्इ ट्रयाक गर्न सजिलो हुन्छ । यदि तत्काल यस्तो व्यवस्था गर्न नसकेमा कागजी लगबूकका साथ स्वस्थय जाँच प्रमाणपत्र मार्फत पनि आवतजावत गर्न सहज बनाउन सकिन्छ ।

१०. विभिन्न किसिमको डिजिटल प्रविधिबाट पठनपाठन गर्न मिल्ने शैक्षिक सामग्री विकास गरी अगाडी बढाउने ।

११. हाल बन्दाबन्दीले मानसिक तनाव तथा हिंसाका घटनाहरू वृद्धि भएकोले तत्काल अनलाइन मनोसमाजिक परामर्श तथा स्वास्थ्य सेवाको व्यवस्था गरी स्वास्थ्य सेवा प्रदान गर्ने ।

१२. हरेक स्थानीय तहमा स्वास्थ्य कर्मीको पदपूर्ति तथा व्यवस्थापनमा अब्बल दर्जाका जनस्वास्थ्य कर्मीको व्यवस्था गर्ने ।

[ लेखक जनस्वास्थ्यकर्मी हुन भने  आरडिसी नेपालका कार्यकारी निर्देशक पनि हुन  /  Email : aaloksinghph@gmail.com ]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here