काठमाडौं : जनता समाजवादी पार्टीकी युवा नेतृ प्रज्ञा ढकालले नागरिकता विधेयकमा विभेदकारी व्यवस्था राख्न नहुने बताएकी छन् । अाज नयाँ बानेश्वर नागरिकता विधेयकविरूद्द अायाेजित प्रदर्शनपछि नेपालमार्गसँग कुरा गर्दै उनले राज्य व्यवस्था समितिले बहुमतबाट पारित गरेकाे नेपाल नागरिकता ऐेन संशाेधन विधेयकमा संशाेधन हुनुपर्ने बताईन् ।
“देश कुनै निश्चित भूगाेल मात्र हाेइन । हिमाल, पहाड र मधेस नै समग्र देश हाे । नागरिकता देशका सबै नागरिककाे नैसर्गिक अधिकार हाे । कसैलाई अनागरिक बनाउने र समानताकाे युगमा महिला र पुरूषबिच विभेद गर्ने गरि बनेकाे विधेयक सच्याइनुपर्छ ´´ प्रतिनिधि सभाकी सांसद समेत रहेकी ढकालले भनिन्, “ यहि मागसहित जनता समाजवादी पार्टी सडकदेखि सदनसम्म अनवरत संघर्षमा छ । विधेयक समानतामा अाधारित र न्यायाेचित नभएसम्म हामी राेकिनेछैनाैं ।´