मास्क नलगाउने नागरिकलाई जरिवाना नगराई मास्क प्रदान गर्न आग्रह

२७ असार, धादिङ


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट वच्न सामाजिक दुरी कायम गर्न र अनिवार्य मास्क प्रयोग गर्न सरकारले आग्रह गरेको छ । सबै जिल्ला प्रशासनलाई मास्क प्रयोग नगर्नेलाई कारबाही स्वरुप जरिवाना गर्न निर्देशन दिएसँगै चेकजाँचमा कडाई गरिएको छ । धादिङमा पनि प्रशासनको आग्रहमा प्रहरीले मास्क नलगाउनेलाई कार्बाही स्वरुप सय रुपैया जरिवाना गराएको छ ।

प्रहरीले शुक्रबार र शनिबार चेकजाँचका क्रममा मास्क नलगाउने ५४ जनालाई जरिवाना गरेको छ । मास्क नलगाउने नागरिकलाई जरिवाना नगराई मास्क प्रदान गर्न आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय धादिङलाई एक हजार पाँच सय मास्क प्रदान गरिएको छ । पाविलन्यूज डटकमका तर्फबाट अध्यक्ष नवराज छत्कुलीले एक हजार र कारोबार दैनिकका धादिङ संवाददाता राजेन्द्र बस्नेतले पाँच सय गरी एक हजार पाँच सय मास्क प्रहरीलाई प्रदान गरेको हो ।

शनिबार एक कार्यक्रमको आयोजना गरि प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई प्रदान गरिएको हो । प्रहरीलाई प्रदान गरेको मास्क चेकजाँचका क्रममा मास्क नलगाउनेहरुलाई प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here