पर्यटन विभागको महानिर्देशकमा कुशल प्रशाशक रुद्रसिंह तामाङ नियुक्त

काठमाडौ ।सरकारले पर्यटन विभागको महानिर्देशकमा कुशल प्रशाशक रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सह सचिब तामाङलाई विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्ने निर्णय सहित नियुक्ति दिएकाे छ । हाल उहाँ मन्त्रालयको सहसचिव तथा प्रवत्ताको भूमिकामा कुसलतापुर्बक कार्य गर्दै आइरहनु भएको थियो।

उहाँले यसअघि नुवाकोट र धादिङ जिल्लाको एलडिओको रुपमा निष्ठापुर्वक जिम्मेवारी सम्पन्न गरिसकेको मात्र हैन जहाँ समस्या समाधान लागी त्यहाँ रुद्रसिंह भन्ने एउटा आफ्नो ब्रान्ड बनाइसकेको देखिन्छ । संघीय मामिला तथा सामान्य प्रशासनमा रहदा उहाले गरेका महत्त्वपूर्ण समाधानका कामहरू यतिबेला स्मरण गरिदै छ।

त्यस्तै तामाङसँग काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भुमिकामा रहेर जनप्रतिनिधि बिहिन त्यतिबेला को अबस्थामा पनि सबैलाई मिलाएर नमुना काम गर्दै धेरै महत्त्वपूर्ण निर्णयहरु गर्नुभएको महानगरपालिका भित्र यतिबेला पनि चर्चा चल्ने गरेको छ।। त्यतिबेला सह सचिब को भुमिकामा रहेका तामाङले हाल सचिबको दरबन्दी रहेको महानगरपालिकामा त्यतिबेला नै धेरै काम गरिसकेको अनुभव सङ्गालेका छन। 2072 भुकम्पको क्षतबिक्षत अबस्थामा पनि सरकारका विभिन्न निकायमा रहेर छिटोछरितो सेवा दिनसक्ने प्रशासक का रुपमा आफुलाइ चिनाएका थिए। त्यस्तै निर्वाचनका समयमा मधेस का विभिन्न स्थानमा रहि स्थलगत अनुगमन गरि निष्पक्ष निर्वाचन गराउन ठुलो सहयोग पुर्याएको मधेस बाट निर्वाचित जनप्रतिनिधिको प्रतिक्रिया बाट पनी सहजै बुझ्न सकिन्छ।। धेरै स्थानमा रहेर सबै ठाउँमा महत्त्वपूर्ण काम गर्न सफल सहसचिव तामाङ को पर्यटन बिभाग को यो नयाँ जिम्मेवारी पनि सफलतापूर्वक सप्पन्न हुने र महत्त्वपूर्ण काम हुनेमा सबै क्षेत्रबाट अपेक्षा गरिएको छ। क्रान्तिद्वार  उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here