रौतहट । नेपाल बार एसोसिएन जिल्ला कार्य समिति राैतहटकोअध्यक्ष मा राजाराम राय यादव निर्विरोध निर्वाचित भएका छन ।रौतहट जिल्ला बार एसोसिएसनको अध्यक्ष पदका लागि मनोनयन दर्तावाल उमेदबारले उमेदबारी फिर्ता लिएपछि अधिवक्ता यादव निविरोध निर्वाचित हुनु भएको हाे । अध्यक्ष पदमा हिजाे चार जनाले उमेदवारी दिएकोमा तीन जनाले फिर्ता लिए पछि उहां निर्विरोध निर्वाचित हुनु भएको छ ।
उपाध्यक्षमा महमद आफताव आलम कोषाध्यक्षमा राम सोगारथ वैठा निर्वराेध निर्वाचित भएका छन ।जिल्ला कार्य समिति सदस्य र केन्द्रीय पार्षद हिजो निर्विरोध निर्वाँचित भई सकेको बुझिएको छ। सचिवमा मतदान हुनेछ ।